# भर्खरै
Namaste Icon
Ad

अभिव्यक्तिका कारण ट्रोल बनिन् नेहा

अभिव्यक्तिका कारण ट्रोल बनिन् नेहा

एजेन्सी, मुम्बई । बलिउड अभिनेत्री नेहा धुपिया ट्रोलको सिकार बनेकी छन् । कार्यक्रम ‘रोडिज’ मा दिएको अभिव्यक्तिका कारण दुईहप्ता यता उनको चर्को आलोचना भइरहेको छ । उनको दर्जनौँ ट्रोलहरू बनेका छन् । अभिनेत्री नेहाको अभिव्यक्तिका कारण उनका परिवारका सदस्यलाई पनि मानिसले म्यासेजमार्फत् गिज्याउने कार्य गरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

केही समयअघि सार्वजनिक भएको रोडिजको इपिसोडमा एक युवा प्रतिस्पर्धीले प्रेमिकाले जालझेल गरेको थाहा पाएपछि आफूले उनलाई झापड हानेको बताएका थिए । उक्त भनाइमा नेहाले ती महिलाले कसलाई मनपराउँछ, प्रेम गर्छ त्यो विषय उनको नितान्त व्यक्तिगत विषय भएको जनाएकी थिइन् । उनले ती युवालाई झपार्दै महिलामाथि हात उठाउने अधिकार कसैलाई नभएको जिकिर गरेकी थिइन् ।

जब नेहाको यो भनाइ सार्वजनिक भयो तब मानिसले उनलाई झुठो महिलावादी, बकवास महिलाजस्ता उपमा दिन थाले । केहीले उनको दर्जनौँ ट्रोल बनाएका छन् । यसबीचमा अभिनेत्री नेहाले रोडिजमा दिएको अभिव्यक्तिबारे आफ्नो सार्वजनिक गरेकी छन् । रोडिजको जज रहेकी उनले आफ्ना भनाइलाई गलत व्याख्या गरिएको गुनासो गर्दै आफू महिलाविरुद्धको हिंसाको पक्षमा रहेको बताएकी छन् । उनले इन्स्टाग्राममा लेखेकी छन्, ‘ती महिला जे गरिन् त्यो उनको नैतिक अधिकार र व्यक्तिगत विषय हो । मैले सम्बन्धमा जालझेललाई प्रश्रय दिन खोजेको होइन, महिलाको सुरक्षाको विषयमा बोलेको हो ।’ उनको अभिव्यक्ति सार्वजनिक भएपछि पनि केहीले उनको आलोचना गर्न भने छाडेका छैनन् ।

Ad

सम्बन्धित समाचारहरु

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad