# भर्खरै
Namaste Icon
Ad

झरुवारासीका १००० बढी कृषकलाई वडा कार्यालयले बाँड्यो तरकारीको बीउ

झरुवारासीका १००० बढी कृषकलाई वडा कार्यालयले बाँड्यो तरकारीको बीउ

सन्तोष दाहाल, ललितपुर । गोदावरी नगरपालिका वडा नं १३ झरुवारासीले वडाभित्र बसोबास गर्ने १००० बढी किसानलाई तरकारीको बीउबिजन वितरण गरेको छ । वडाको नीति तथा कार्यक्रमअन्तर्गत आर्थिक चालु वर्ष २०७६/०७७ मा बिनियोजन गरिएको बजेटबाट नै सबै किसानलाई उक्त बीउबिजन वितरण गरिएको हो ।

नजिकिंदै गरेको नयाँ वर्ष २०७७ को शुभकामना सहित शुक्रबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा किसानलाई फर्सी, काँक्रो, सिमी, बोडी, घिरौंला लगायतका लहरे तरकारीको बीउ वितरण गरिएको हो । बीउ वितरण गर्दै वडाध्यक्ष भाष्कर थापाले वितरण गरिएको बीउको सही सदुपयोग गर्न किसानलाई आग्रह गरे । नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपालको नारालाई आत्मसाथ गर्दै सफल बनाउनका लागि यस्ता कार्यक्रमले टेवा पुग्ने विश्वास व्यक्त गर्दै थापाले यसले जनता र वडा कार्यालय बीचको सद्भावलाई नजिक ल्याउने बताए । यसैगरी उनले उक्त अवसरमा वडामा भएगरेका विकास निर्माणका कार्यहरुको बारेमा पनि जानकारी गराएका थिए ।

यसैगरी समाजसेवी तथा उद्यमी प्रभाकर थापाले पनि कृषि क्षेत्रको विकास विस्तारको लागि वडा कार्यालयको सहयोगमा किसानलाई वीउ वितरण भएको भन्दै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने बताए । उक्त कार्यक्रममा हाल विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड- १९ ) को प्रकोप र सावधानीका उपायहरुको विषयमा सचेत गराउदै जानकारी गराईएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

बिपन्नलाई तरकारी वितरण

बिपन्नलाई तरकारी वितरण

बासुदेब गिरी,प्युठान । प्युठान नगरपालिका ९ गुरिगाउ कोलछापा बस्तीका दैनिक ज्यालादारी काम गरि दैनिकी गुजारा गर्ने बिपन्न परिवारलाई तरकारी वितरण गरिएको छ ।

पढे लेखेका युवाले कृषि गर्छु भन्दा बैंकहरुले विश्वास नै गर्दैनन !

पढे लेखेका युवाले कृषि गर्छु भन्दा बैंकहरुले विश्वास नै गर्दैनन, युवा पुष्प व्यावसायी राजु तामाङ

Ad

प्रतिक्रिया दिनुहोस

Ad