# भर्खरै
Namaste Icon
Ad

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन महासंघको आग्रह

सञ्चारकर्मीलाई निवासबाट नै कामकाजको व्यवस्था मिलाउन महासंघको आग्रह

काठमाडौँ । चीनबाट सुरु भई विश्वभर महामारीको रुपमा रहेको कोभिड -१९ को जोखिमलाई ध्यान दिँदै नेपाल पत्रकार महासंघले संचारकर्मीलाई आफ्नै निवासबाट कामकाजको व्यवस्था मिलाउन संचार प्रतिष्ठानलाई आग्रह गरेको छ ।

महासंघको शनिबार बसेको बैठकले संचारकर्मीका लागि सुरक्षित वातावरण तयार पार्न,समयमै पारिश्रमिक प्रदान गर्न तथा निवासबाट कामकाजको व्यवस्था मिलाउन संचार प्रतिष्ठानलाई आग्रह गर्ने निर्णय गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिएका छन् । संचारकर्मीलाई कार्यालय आवतजावत गर्नका लागि सवारी साधनको व्यवस्था मिलाउन, संचारकर्मी र संचारमाध्यमलाई टेलिफोन,विद्युतजस्ता अत्यावश्यक साधनमा सहुलियत दिन सरकारसंग माग गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बैठकमा कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि संयमतापूर्वक सत्य, तथ्य , र सचेतनामूलक सामाग्रीहरु प्रकाशन तथा प्रसारण गर्न आमसंचार माध्यमलाई आग्रह गरिएको छ । यसैगरी बैठकले नेपालमा सो भाईरसको संक्रमण फैलन नदिने अपनाउनुपर्ने सावधानीबारे सञ्चारमाध्यमको उत्तरदायित्त्वका सम्बन्धमा महासंघको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

यसका लागि महासंघका तर्फबाट सञ्चार माध्यम र पत्रकारको दायित्त्वका सम्बन्धमा सामग्री तयार पार्ने, सुरक्षित रही, सत्य, तथ्य, सूचना प्रवाहको वातावरण निर्माण गर्न पहल गर्ने तथा भ्रमपूर्ण प्रचार हुन नदिन एक अनुगमन समिति समेत गठन गर्ने निर्णय बैठकले गरेको छ । सो समितिमा महासंघका अध्यक्ष गोबिन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल,दिलिप थापा र महासचिव रमेश विष्ट रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज

काठमाडौँ । नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेपाल टेलिकमले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

लकडाउन अवधिभरको लागि टेलिकमले दियो रिचार्जबराबरकै बोनस

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad