# भर्खरै
Namaste Icon
Ad

दैनिक उपभोग्य वस्तुहरु निर्बाधरुपमा उपभोक्तासमक्ष पुर्याउन वितरक व्यवसायीलाई संघको अपिल

दैनिक उपभोग्य वस्तुहरु निर्बाधरुपमा उपभोक्तासमक्ष पुर्याउन वितरक व्यवसायीलाई संघको अपिल

सन्तोष दहाल, काठमाडौँ । चीनबाट सुरु भई संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड- १९ ) ले नेपालमा खाद्य संकट तथा दैनिक उपभोग्य वस्तुहरुको अभाव निम्त्याएको चर्चा चलिरहेको बेला वितरक व्यवसायीहरुको छाता संगठन नेपाल वितरक संघले सहज रुपमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु उपभोक्तासमक्ष पुर्याउन आग्रह गरेको छ ।

शनिबार संघका अध्यक्ष राजेन्द्र सिम्खडाद्वारा जारी एक अपिल विज्ञप्तिमा देशको प्रतिकुल अवस्था र नेपाल सरकारको आग्रहलाई मध्यनजर गर्दै, बजारको माग र ढुवानीको सहजतालाई ध्यानमा राख्दै आफूसँग मौज्दातमा रहेको अत्यावश्यक सामाग्रीहरु,दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरुका साथै स्वास्थ्य सुरक्षासंग सम्बन्धित अन्य सामाग्रीहरुको निर्बाधरुपमा विक्रीवितरण गर्न तथा सोका लागि वितरक व्यवसायीहरुले आफ्ना सम्बन्धित थोक विक्रेता,खुद्रा विक्रेता तथा आम उपभोक्ताहरुलाई जानकारी गराई आ आफ्नो कार्यालय स्थलबाट नै भए तापनि सेवा प्रदान गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुलाई आग्रह गरेको छ ।

साथै सम्भावित महामारी सङ्क्रमणको जोखिम रोकथाम , नियन्त्रण तथा व्यवस्थापन गर्न हाल नेपाल सरकारबाट अपनाईएको पूर्व सतर्कता,सम्बन्धमा प्रधानमन्त्रीबाट राष्ट्रको नाममा भएको सम्बोधनबाट निर्देशित विविध पक्षहरुबाट व्यवसायीहरुमाथि राष्ट्रिय दायित्त्व, गहन जिम्मेवारी,र सो सँग सम्बन्धित व्यवस्थापकीय चुनौती थपिएको उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना महामारीको अवस्थामा बैंक वित्तीय संस्था लगायत सहकारीहरुले केही हदसम्म भएपनि सेवा दिईरहेकाे पाईन्छ । यद्यपि लकडाउन अझै केही दिन वा हप्ता लम्बिने देखिन्छ । यस्तो असहज अवस्थामा सहकारीले निम्न सेवाहरु सुचारु गर्न सक्छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad