Namaste Icon
Ad
Ad

शिखरदीप सहकारीले दियो खाद्यान्नमा पाँच प्रतिशत छुट

शिखरदीप सहकारीले दियो खाद्यान्नमा पाँच प्रतिशत छुट

काठमाडौं । शिखरदीप बहुउदेश्यीय सहकारी संस्थाले विभिन्न प्रकारका खाद्यान्नमा पाँच प्रतिशत छुट दिएको छ । दैनिक उपभोग्य बस्तुहरू उत्पादन गर्दै आइरहेको सहकारी संस्थाले आफ्ना उत्पादनमा यस्तो छुट अफर ल्याएको हो ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास नेपालमा पनि फैलिएको र यसबाट परेको प्रभावमा आफ्नो थोरै भएपनि योगदान प्रदान गर्न छुट दिएको संस्थाले जनाएको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्माका अनुसार हाल काठमाडौं उपत्यकाका कीर्तिपुर, पाटनको मंगलबजार, बागबजार, नयाँसडक, महाराजगन्ज, कौशलटार, सल्लाघारी र सूर्यविनायक गरि ८ स्थानबाट यस्तो छुट दिइएको छ । उक्त संस्थाले सदस्य सेवा काउन्टरबाट उपभोक्तालाई दैनिक उपभोग्य बस्तुमा अधिकतम पाँच प्रतिशतसम्मको छुट दिन थालेको हो ।

सहकारीले अहिले उपकार ब्राण्डमा चामल, दाल, मैदा, चिनी, चियापत्ती, घिउ, तेल, जाम लगायतका दर्जनौ उपभोग्य बस्तु उत्पादन गर्दै आइरहेको छ । ‘हाम्रो उद्योगमा करिब एक महिनासम्मका लागि पुग्ने खाद्यान्न सामग्री छन् । यस्तो संकटको बेलामा सरकारलाई सघाउन र नागरिकलाई अप्ठ्यारोमा साथ दिन छुटको व्यवस्था गरिएको संस्थाका अध्यक्ष शर्मा बताउँछन् । संस्थाले चलाएको यस्तो अभियानले कालोबजारी नियन्त्रणमा पनि सहयोग पु¥याउने उनको विश्वास छ ।

बजारमा अहिले दैनिक उपभोग्य बस्तुमा कालाबजारी बढ्दै गएको सन्दर्भमा शेयर सदस्य तथा अन्य उपभोक्तालाई राहत उपलब्ध गराउन यो व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए ।

Ad

सम्बन्धित समाचारहरु

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालको समूहले उम्मेदवारी घोषणा गरेका छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालको समूहले आफनो उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवार घोषणा कार्यक्रमममा ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन ।

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad