# भर्खरै
Namaste Icon
Ad

सस्तो छ टेलिकमको अनलिमिटेड डाटा प्याक

सस्तो छ टेलिकमको अनलिमिटेड डाटा प्याक

काठमाडौं । डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ । वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ । जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ । यसबाट एक घण्टासम्म जति पनि डाटा चलाउन वा कुराकानी गर्न पाइने छ । यसका लागि सिधै *1415*8# डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्न सकिन्छ । त्यसैगरी यो प्याक लिनका लागि FDPACK लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ ।


‘अनलिमिटेड नाइट डाटा प्याक’ अन्तर्गत १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइन्छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म लगातार जति पनि डाटा प्रयोग गर्न सकिन्छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यक्तिहरुका लागि यो प्याक निकै उपयोगी छ । एक रातका निम्ति ‘अनलिमिटेड नाइट डाटा प्याक’ लिनका लागि *1415*3# मा र ७ रातका लागि लिन *1415*3#2 मा डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि NUNL र ७ दिनका लागि भए UNL7 टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने डाटा प्याक छनौट गरेर पनि प्रयोगमा ल्याउन सकिन्छ । त्यसैगरी कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याक खरिद गरी प्रयोग गर्न सकिन्छ ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज

काठमाडौँ । नेपाल सरकारले मिति २०७६ चैत्र १६ गते डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरे अनुसार नेपाल टेलिकमले मिति २०७६ चैत्र २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दर (Pay Ps You Go) मा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दर (Pay As You Go) मा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । यस अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।

लकडाउन अवधिभरको लागि टेलिकमले दियो रिचार्जबराबरकै बोनस

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad