Namaste Icon
Ad
Ad

विद्युतीय भुक्तानीको सीमा बढ्यो

विद्युतीय भुक्तानीको सीमा बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन मार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोवाइल बैंकिङ वा कोड मार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ ।

यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । यस्तै एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । यस्तै वालेटबाट बैंकमा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने राष्ट्रबैंकले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालको समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालको समूहले उम्मेदवारी घोषणा गरेका छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालको समूहले आफनो उम्मेदवारी घोषणा गरेको हो । उम्मेदवार घोषणा कार्यक्रमममा ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन ।

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

अब आइएमईबाट सिधै बैंक खातामा रकम जम्मा गर्न मिल्ने

काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँंग लिन सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad