# भर्खरै
Namaste Icon
Ad

रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोनबाट निधन

रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको कोरोनबाट निधन

एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

स्पेनको एक अस्पतालमा शनिबार राति ७६ वर्षे लोरेन्जोको निधन भएको बीबीसीले जनाएको छ ।

आठ दिनबाट अस्वस्थ्य भएका लोरेन्जो बिहिबार मात्र अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि चेक जाँचमा उनलाई कोरोनाको संक्रमण देखिएको थियो ।

लोरेन्जो सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहेका थिए । उनी अध्यक्ष हुँदा रियलले दुई पटक युरोपियन कप जितेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

२४ वर्षीय फूटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

२४ वर्षीय फूटबल प्रशिक्षकको कोरोनाबाट मृत्यु

काठमाडौं । स्पेनिस फुटबलका कोच फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाको मारमा विश्व खेलकुद

कोरोनाको मारमा विश्व खेलकुद

काठमाडौं । गत डिसेम्बरमा छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण अहिले युरोप हुँदै अमेरिकासम्म पुगिसकेको छ । कोरोना संक्रमणका कारण विश्वको राजनीतिक, आर्थिक, सामाजिकलगायत सबैजसो क्षेत्र प्रभावित भएको छ । खेलकुद क्षेत्र पनि यसबाट टाढा छैन । यही वर्ष २०२० मा विश्वमा दुई वटा खेलकुद मेला हुँदैछन् । आउँदो जुलाइमा जापानमा ओलम्पिक खेलकुद र युरोपका विभिन्न देशमा युरोकप १२ जुन देखि १२ जुलाईसम्म हुँदैछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad