# भर्खरै
Namaste Icon
Ad

सङ्क्रमण तीव्र भएपछी डब्ल्यूएचओले दियो यस्तो चेतावनी

सङ्क्रमण तीव्र भएपछी डब्ल्यूएचओले दियो यस्तो चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस संक्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको भन्दै सचेत गराएका छन्।

टेड्रोसले महामारी नियन्त्रणका लागि परीक्षणलाई तीव्रता दिनुपर्ने र मानिसबीचको सम्पर्कलाई थप कडाइ गर्नु पर्नेमा जोड दिएका छन्। संसारभर तीन लाखभन्दा धेरैमा संक्रमण पाइएको भन्दै उनले अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्। बीबीसीका अनुसार कोरोनाको पहिलो संक्रमण भेटिएको ६७ दिनपछि एक लाखमा संक्रमण पाइएको थियो।

दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै संक्रमितको संख्या तीन लाख पुगेको सन्दर्भमा टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। उनले विश्वका गरिब देश तथा जोखिममा रहेका मानिस यो भाइरसबाट सबभन्दा नराम्ररी प्रभावित हुने चेतावनी दिएका छन्। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को संज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। ‘प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु यो भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुन्छ,’ टेड्रोसले भनेका छन्। गएको चौबीस घन्टामा कोरोना संक्रमणबाट विश्वभर १८ सय ६० जनाले ज्यान गुमाएका छन्।यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६ हजार पाँच सय ५३ पुगेको छ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad