# भर्खरै
Namaste Icon
Ad

अमेरिकामा ४ नेपालीलाई कोरोनाको सङ्क्रमण

अमेरिकामा ४ नेपालीलाई कोरोनाको सङ्क्रमण

अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन्।

अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)—अमेरिकाका जनसम्पर्क सदस्य गोकुल बानियाँका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ। ज्याक्सन हाइट (न्युयोर्क) बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन्।

‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो। ती सबै पुरुष हुन्। तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ’, बानियाँले भने, ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ।’ उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन्।

५० वर्षीय नेपालीमा ५ दिन अगाडि कोरोना भाइरस (कोभिड—१९) देखिएको थियो। उनमा कोरोना संक्रमण देखिएपछि परिवार सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ। रिपोर्टको पर्खाइमा रहेका उनीहरु हाल घरमै ‘सेल्फ आइसोलेसनमा’ बसिरहेका छन्।

एनआरएनए अमेरिकाका जनसम्पर्क सदस्य बानियाँका अनुसार भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिट देखिएको हो। उनी फेयर फ्याक्सकी बासिन्दा हुन्। उनको अवस्था सामान्य रहेकाले चिकित्सकले घरमै सेल्फ क्वारेन्टिनमा बस्न सुझाव दिएका हुन्।

कोरोना फैलिने देशहरुको सूचीमा पछिल्लो समय अमेरिका अगाडि छ। न्युयोर्क टाइम्सका अनुसार अमेरिकाभित्र पनि न्युयोर्कमा यो भाइरस छिटो फैलिइरहेको छ। न्युयोर्क सहर अमेरिकामा कोरोना संक्रमण देखिने सहरमध्ये अग्रस्थानमा छ। त्यहाँ जाँच गराउने मध्ये २८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको नेपालखबर डट कममा खबर छ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad