Namaste Icon
Ad
Ad

वडाध्यक्ष खड्का द्वारा गाउँगाउँ पुगी माक्स बितरण

वडाध्यक्ष खड्का द्वारा गाउँगाउँ पुगी माक्स बितरण

माधव खनाल,अर्घाखाँची । अर्घाखाँची जिला सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काले आफ्नो पेन्सनको रकमबाट वडाबासीलाई करीव ३००० (तीन हजार )माक्स बितरण गरेका छन् ।

कोभिड १९ को संभाबित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले वडा अध्यक्ष नारायण खड्काले वडा बासीलाई माक्स बितरण गरेका हुन् । आफ्नै यातायातको साधन प्रयोग गरी वडाका भित्रका गाउँ गाउँमा पुगेर बितरण गरेका छन् । अर्घाखाँचीलाई लकडाउनको रुपमा घोषणा गरे सङ्गै अर्घाखाँचीको बाताबरण सुनसान छ । लामो तथा छोटो दुरीका कुनै पनि गाडी चलेका छैनन । वडा अध्यक्षले यस विषम घडीमा आम नागरीक जो कोहीलाई पनि अप्ठ्यारो परे आफू सहयोग गर्न तयार रहेको बताएका छन् । । बिरामी होस या आपतमा परेको जो कोहीलाई पनि सहयोग गर्न आफु तयार रहेको वडा अध्यक्ष खड्काले बताए ।

लकडाउनको समयमा जिल्ला भित्रका नागरिक बिरामी परेका र यातायातको अभावले कुनै पनि ब्यक्ति उपचारबाट बन्चित नहौन भन्ने उद्देश्यले आफ्नै गाडीको प्रयोग गरि बिरामीहरुको सहयोगका लागि हरेक समय तयार रहेको जानकारी दिए । उनले आज मात्र सनपा ३ का तीन जना बिरामीहरुलाई अस्पताल सम्म पुर्याएका छन् । साथै अध्यक्ष खड्काले आफ्नो वडामा रहेका वडा सदस्य तथा अन्य कर्मचारीहरुलाई माक्स लगाउन र सचेत हुन भनी आग्रह समेत गर्नुभएको पत्रकार विक्रम पाण्डेले बताए ।

Ad

सम्बन्धित समाचारहरु

दशकपछि श्रीमतीलाई प्रेम पत्र

दशकपछि श्रीमतीलाई प्रेम पत्र

प्रिय जीवन साथी,                              मैले तिमीलाई आज वैवाहिक जिवनको एक दशकपछि पहिलो पटक प्रेम पत्र लेख्ने दुस्प्रयास गरेकोछु । आशा छ, यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं । हिमाल जस्ता सेतासेता कापीका पानाहरुमा कश्मीर रूपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांसमा शब्दका पुष्पगुच्छा रुपि माला गाँस्ने प्रयासरत छु । मेरो जिवनका हरेक सपना, चाहाना, खुशी सबै– सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रागरी आत्मीयता र सामिप्यता गाँस्दै गाँस्दै हाँसो आँसु उकाली ओराली जीवन संर्घषको उत्कर्षमा छु म, तिमी पनि छौं, वा हामी छौं । लामो स्वास फेर्न मन लाग्यो उफ ! अरु अरुले कुरागरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे ! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि, मैले त्यो सधै महशुस गर्छु ।

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad