# भर्खरै
Namaste Icon
Ad

लकडाउनको पूर्ण पालना गर्न नगरपालिका फोरमको अनुरोध

लकडाउनको पूर्ण पालना गर्न नगरपालिका फोरमको अनुरोध

ललितपुर। उपत्यका नगरपालिका फोरम, काठमाडौंले कोरोना संक्रमणको प्रकोप नियन्त्रण भन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीहरुसँग अनुरोध गरेको छ । फोरम उपत्यकाभित्रका दुई वटा महानगरपालिकासहित १६ वटा नगरपालिकाहरुको संस्था हो ।

मंगलबार विज्ञप्ति जारी गर्दै फोरमले नेपाल सरकारको उक्त निर्णय समय सापेक्ष भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाका सम्पूर्ण नगरवासीलाई यस विषम परिस्थितिमा धैर्य गर्दै कोरोना विरुद्धको महाअभियानलाई सफल पार्न र विजय हासिल गर्न घरमा नै बसेर सहयोग गरिदिन अनुरोध गर्दछौ ।’ सरकारको निर्देशनको वेवास्ता गर्दै घर बाहिर जाने, समूहमा जम्मा भई गफ गर्ने जस्ता लापरवाही नगर्न समेत फोरमले अनुरोध गरेको छ ।

विज्ञप्तिमा हालसालै विदेशबाट आउनुभएको कोही टोल छरछिमेकमा भएका स्थानीय निकाय, जनप्रतिनिधि, वा सुरक्षा निकायलाई खबर गरिदिन पनि उपत्यकावासीसँग अनुरोध गरिएको छ । विश्वका केही मुलुकमा सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिएको स्मरण गर्दै संयमता अपनाउन आग्रह गरिएको छ ।

उपत्यका नगरपालिका फोरम काठमाडौंका अध्यक्ष तथा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, फोरम उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र फोरम सचिव तथा मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकावासीलाई कोरोनाको बारेमा आधिकारिक संस्थाहरु नेपाल सरकार र विश्व स्वास्थ्य संगठनका सूचनाहरु मात्रै विश्वास गर्न आग्रह गरिएको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

नाम मात्रको ललितपुर महानगर - काममा गाउँपालिका भन्दा कमजोर

ललितपुर ।मुलुक कोरोनाको संक्रमणको भयले आक्रान्त भएकोबेला देशकै मुटुमा रहेका ललितपुर महानगर अहिले सुतेर बसेको अनुभुति गरिरहेका छन् नगरवासीहरुले । प्रचारमा मात्र सिमित महानगरको काम चाहिं दुरदराजमा रहेका गाउँपालिका भन्दा सुस्त देखिन्छ ।

नेकपा चिङ्गाड गाउँ संगठन कमिटीले सुरु गर्यो एक घर एक साबुन बितरण कार्य

खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )चिङ्गाड गाउँ संगठन कमिटीको पहलमा विश्वमा महामारीको रुपमा फैलिएको काेराेना भाइरस(Covid 19)काे विरुद्धमा जनचेतनाकाे लागि पार्टीको तर्फबाट एक घर एक हात धुने साबुन तथा गाउँपालिकाकाे स्वास्थ्य शाखाबाट वितरित पर्चा वितरण बुधबार वडा नं ५अवलचिङ्गबाट शुभारम्भ गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad