Namaste Icon
Ad
Ad

लकडाउन ! अब के गर्ने ?

लकडाउन ! अब के गर्ने ?

सन्तोष लामा। कोरोना भाइरस (कोभिड १९) ले अहिले बिश्व अक्रान्त भैरहेका छन । कोरोना भाइरस्क कारण दिन दिनानु दिन मानिसको मृत्यु भैरहेको बिश्व स्वास्थ्य सँगठनले देखाइरहेका छन । पछिल्लो समय कोरोना भाइरसका कारण इटालिमा धेरै मान्छेको ज्यान गैरहेको छ । चीनबाट सुरु भएको यो भाइरसले धेरै देश हरुमा राम्ररी प्रभाब पारिरहेको छ । जस्को प्रतक्ष्य नेपाल मा पनि परेको छ्, सङ्ख्यात्मक हिसाबमा नेपाल्मा नदेखिए पनि यस्को सङ्क्रमण भने देखिएको छ । त्यसैले यो कोरोना भाइरस फैलिन नपाउन भनेर नेपाल सरकार ले लकडाउन सुरु गरेको छ । यस अघी पनि सरकार ले अत्यबस्यक काम बाहेक घर बाहिर न निस्कन आह्वन गरेको थियो ।

कोरोना भाइरसका कारण मानिसम मानसिक असार समेत परेको छ ।यो भाइरसबाट बच्नको लागी त बिभिन्न सन्चार माध्यमबाट पूर्व तयारी को बारेमा बाटआउँदै आइरहेका छन । तर म यहाँ तपाईंहरुलाई कोरोना भाइरस बाट बच्ने उपाए भन्दा पनि यो समयमा तपाइ आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरह्नु भएको बेला के गर्ने भन्ने बारे बहन्ने छु ।यो कोरोना भाइरस (कोभिड्१९)ले हाम्रो इम्म्युन सिस्टम कमजोर बनाउने र इम्युन सिस्टम कमजोर भएको ब्यक्तिलाई चाडो प्रभाब पार्ने हुँदा सर्बप्रथम हामिले हाम्रो इम्युन सिस्टमलाई बलियो बनाउनु पर्छ्,किनभने यो भाइरसलाई परास्त गर्ने भनेको नै हाम्रो शरिरमा बहेको रगतले नै हो किनभने हहाम्रो शरिर्मा नेचुरल किल्लर हुन्छ्, यस्को सङ्ख्या बढाउन सकेमा यो भाइरसले पनि केहि गर्न सक्दैन ।

त्यसो हो भने यो समयमा के गर्ने ?


१) सेड्युल चेन्ज गर्ने ?
हुन सक्छ आज सम्म हामिले आफ्नो लागी काम गरेका थिएनौ,सधै दौध धुपमानै समय बित्थ्यो,तर अब भने आफ्नो लागी काम गर्ने समय आएको छ । यसलाई समस्याभन्दा पनि एउटा अबसर मानौ किनकी हिजोको समयमा चाहेर पनि हामीले आफ्नो परिवार र आफ्नो लागी समय दिना सकिरहेको थिएनौ, तर आज यो समय आएको छ । स्मरण रहोस महान कृती हरु जेल जिबन बिताएका ब्यक्ती हरुले लेखेका थिए ।त्यसैले तपाइले पनि यस्तै महान कार्य गर्न सक्नु हुन्छ ।त्यसैले बिहान उठ्ने योगा ब्ययाम गर्ने गर्नुहोस्,आफुलाई सकारात्मक राख्नुस्,बिभिन्न सन्चार माध्यम बाट आएको समाचार सुनेर आफुलाई चिन्तित नपार्नुस्,यसो गर्नाले तपाइको इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ । त्यसैले सकरात्मक बन्नुस ।

२) किताब पढ्ने गर्नुहोस ।
यो समयमासबै भन्दा उपायोगी काम भनेको नै किताब पढ्ने हो,किनकी तपाइमा जती ज्ञानको कुरा भरिन्छ त्यती नै तपाइ आफ्नो कार्यक्षेत्रमा सफल बन्दै जानु हुनेछ ।त्यसैले आफुलाई बिकास गर्नेर सकारात्मक बनाउने किताब हरु पढ्ने गर्नुहोस । आजको प्रतिस्पर्धात्मक समयमा सबै भन्दा ठुलो हातीयार भनेको नै ज्ञान हो ।

३) मेडिटेसण गर्नुहोस ।
यो लकडाउन समयमा बाहिर निस्कन त बन्द नै छ तर आफु भित्र जान भने बन्द छैन ।त्यसैले ध्यान गर्नुहोस जस्ले तपाइलाई शान्त र सकारात्मक बनाउन ठुलो मद्दत पुग्नेछ । स्मरण रहोस ध्यानअकै माध्यम बाट गौतम बुद्धले बुद्धत्वो प्राप्त गरेका थिए ।यदी ध्यान कसरी गर्ने भन्ने बारेमा अनबिज्ञ हुनुहुन्छ भने तपाइले युट्युबमा हेरेर वा बिशेशज्ञ ब्यक्ती हरुको सल्लाहमा पनि ध्यान गर्न सक्नु हुनेछ ।

४)परिवारसँग अन्तर्कृयात्मक गर्नुहोस ।
आफ्नो परिवारमा सँग बसेर आ-आफ्नो ज्ञान तथा अनुभबका कुराहरु सेएर गर्नुहोस यसो गर्नाले तपाइको परिवारमा छुट्टै भातृत्व कायम रहन्छ ।

५) स्किल डेभलप गर्नुहोस ।
यो समयमा तपाइले आफ्नो स्किल डेभलप गर्न सक्नुहुन्छ्, जस्तै: कम्युनिकेसन स्किल्, पब्लिक स्पिकिङ स्किल आदी इत्यादी यि स्किलहरु तपाईंले युट्युब र केहि फ्री अनलाईन कोर्सबाट सिक्न सक्नु हुनेछ । यसको लागी यो अति नै उपयुक्त समय हो, किनकी यो समयमा तपाइलाई बाहिर जान बाध्यता छैन । त्यसैले यो समय लकडाउन हैन जाम सेसनको समय हो,जिबनमा सफल बन्न यस्तै जाम सेसनको जररुरी पर्दछ ।

६) अपुरो,अधुरो काम पुरा गर्नुहोस ।
यो समयमा तपाइले पुरा गर्न नभ्याएका कामहरु पुरा गर्न सक्नु हुन्छ । तपाइले किताब्, कथा, मुक्तक्,गजल वा कुनै चित्रकला लेख्ने वा बनाउने सोच्नु भएको थियो भने यो समयमा तपाइले उक्त काम गर्न सक्नु हुनेछ । जुन काम्को लागी तपाइले प्राराम्भिक काम युट्युब्, गुगल मार्फत अध्ययनगरी गर्न सक्नु हुनेछ ।

लेखक मोटिभेशनल स्पिकर हुन् ।

Ad

सम्बन्धित समाचारहरु

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

अहिले कोभिड १९ ले समग्र क्षेत्रमा असर पारेको कुरा सबैलाई अवगत नै छ । सरकारले निजी स्कुलहरुलाइ फिस उठाउन रोकेको कारणले तलब दिन सक्दैनौं भन्दै शिक्षक, कर्मचारीहरुलाइ जे गर्छौ गर भन्दै निजि स्कुल संचालकहरुले निकाल्ने षड्यन्त्र गरिरहेका छन । निजि स्कुलका शिक्षकले यन्त्रले झै काम गरि सरकारि बिधालयको तुलनामा निकै राम्रो नतिजा प्रदान गरिरहेको कुरा सर्वविवितै छ । यस्तो विषम परिस्थितिमा शिक्षक साथीहरुको समस्यामा मलमपट्टि लगाउनुको साटो घोक्राएर निकाल्ने मनस्थितिमा शैक्षिक माफियाहरु लागिपरेका छन । अहिलेसम्म कुनै पनि सरकारी तह तप्का लगायत विभिन्न संगठनलगाएत अधिकारकर्मिहरु मौन बसेका छन । सम्पुर्ण निजि स्कुलमा काम गर्ने शिक्षकहरुले पनि आफुभित्र भएको अन्याय र अत्त्याचारलाइ जतिसक्दो छिटो बाहिर ल्याउनु पर्छ ।

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

रेखा खुलाल मगर चीनको वुहानमा डिसेम्बरको अन्त्यतिर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले अहिले विश्वभरी नै फैलिएर सिंगो मानव सभ्यतालाई नै अस्तब्यस्त बनाएको छ। वुहानमा कोरोनाले हजारौको संख्यामा मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो। अहिले विभिन्न देश हुँदै नेपालमा पनि जरो गाड्दै छ । सबै देशहरुमा कोरोना भाइरसको माहामारीको बिगबिगी हुँदै गर्दा नेपालमा पनि आउने सम्भाबना देखेपछि नेपाल सरकारले २०७६/१२/११ गते देखि लकडाउनको घोषणा गर्यो ।यो कोरोना भाइरसको कारण मानिसको जीबनमा परेको असर अहिले निकै चुलिँदो अबस्थामा पुगेको छ। देशको अर्थतन्त्र निकै खस्किदो अबस्थामा पुगेको छ। मानिसहरुको जीवनमा आवश्यक पर्ने गास,बास, कपास यानकी आधारभुत आवश्यक्ताहरु परिपुर्ति गर्न सकिरहेको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad