Namaste Icon
Ad
Ad

आनन्दबन अस्पतालमा १५ शय्याको क्वारेण्टाईन बेड तयारी

आनन्दबन अस्पतालमा १५ शय्याको क्वारेण्टाईन बेड तयारी

ललितपुर । विश्वभर भयावह रुपमा संक्रमण संक्रमण बढ्दै गईरहेको कोरोना भाईरस कोभिड १९ बाट बच्न सुरक्षाका लागि ललितपुर टिकाभैरवमा रहेको लेप्रोसी मिसन नेपाल, आनन्दवन अस्पतालले १५ शैय्याको बेड क्वारेण्टाईनको लागि तयार पारेको छ । मंगलबार बागमती प्रदेश सभा सांसद चेतनाथ संजेल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी कृष्णराज ओझा सहितको टोली संग अस्पतालमै गरिएको भेटमा अस्पतालका मेडिकल डाईरेक्टर शोभाकर कंडेलसंग कोरोनाबाट बच्नका लागि अस्पतालले गरेको तयारीका बारेमा जानकारी लिईएको थियो ।

जानकारी गराउदै डाईरेक्टर कँडेलले सीमित मात्रामा उपकरणहरु भए तापनि यसका लागि राम्रो तयारी गरिएको जानकारी दिएका छन् । साथै उनले अस्पताल आफैंले मास्क, सेनिटाईजर लगायतका सामाग्रीहरु उत्पादन गरेको जानकारी दिएका छन् । यसैगरी सांसद र नगरप्रमुखको टोलीले लेले स्वास्थ्य चौकीमा गरिएको तयारीको बारेमा पनि जानकारी लिएको छ । सो क्रममा १५ जनासम्मलाई राख्न सकिने क्वारेन्टाइनको तयारी गरिएको जनाकारी दिईएको थियो । सांसद संजेलले स्वास्थ्यकर्मी तथा अस्पताल परिवारलाई नआत्तीईकन धैर्य गर्न र आवश्यक सम्पूर्ण तयारी गर्नका लागि सुझाव दिएका छन् भने प्रदेश सभा सदस्यको तर्फबाट गर्न सकिने सहयोगको लागि सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन । नगरप्रमुख गजेन्द्र महर्जनले पनि नगरपालिकाले गर्ने सहयोगमा कुनै कमी आउन नदिने बताएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

कलैया अस्पतालमा आइसोलेसन कक्ष भरिए, संक्रमितलाई गण्डक कोभिड अस्पताल लैजाने तयारी

दिपेन्द्र जयसवाल, बारा । जिल्लाको कलैया उपमहानगरपालिकामा रहेको कलैया अस्पतालमा ५० शैय्याको आइसोलेसन कक्ष भरिएको छ । बारामा थप संक्रमित राखेर उपचार गर्ने आइसोलेसन कक्ष खाली नभएपछि वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल लैजाने तयारी भईरहेको छ ।

रिजेन्टको अभिभावक अभिमुखिकरण सम्पन्न

रिजेन्टको अभिभावक अभिमुखिकरण सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका टुटेपानी रमाइलो टारमा रहेको रिजेन्ट रेसिडिन्सियल स्कुलले अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। बन्दाबन्दीको समयमा अभिभावकले आफना नानीबाबुलाई कसरी व्यवहार गर्ने ,कोभिड १९को तनावबाट कसरी मुक्त रहने ,आफना नानीबाबुका अनलाइन कक्षाहरु कस्तो भइरहेको छ भन्ने विषय सहित पोजिटिभ भाइब्रेसनका अभियान्ता प्रितम पौड्यालले सहजीकरण गरेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad