# भर्खरै
Namaste Icon
Ad

भारतबाट फर्किएका दुईमा कोरोनाको संक्रमणको आशंका, प्रादेशिक अस्पताल रिफर गरियो

भारतबाट फर्किएका दुईमा कोरोनाको संक्रमणको आशंका, प्रादेशिक अस्पताल रिफर गरियो

माधव खनाल , अर्घाखाँची । विश्वभर कोरोनाको संक्रमण फैलिएको छ । नेपालका पनि कतिपय जिल्लामा कोरोना भाईरसको संक्रमणको आशंका गरिएको छ ।अर्घाखाँची जिल्लामा दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीले सोमबार कोभिड १९ संक्रमणको आशंकामा दुई जना बिरामीलाई नमुना परिक्षणको निम्ति प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेको छ । जिल्लाको सितगङा नगरपालिका र मालारानी गाउँपालिकाका दुई जनालाई जिल्ला अस्पतालबाट रिफर गरिएको अस्पतालका प्रमुख डा। कपिल गौतमले जानकारी दिएका छन् । दुवै शंकास्पद बिरामी केही दिन अघि भारतबाट फर्किएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा १३ इण्डोनेसियन

ललितपुर । लकडाउनको समयमा अचानक ललितपुरमा भेटिएका १३ जना इन्डोनेसियनलाई गोदावरी भिलेज रिसोर्ट पुर्याईएको छ । बुधबार राति प्रहरीद्वारा इमाडोलस्थित मस्जिदमा पुर्याईएका उनीहरुलाई गोदावरी पठाईएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रसुवाले गर्यो सवारी पास वितरण बन्द

धुन्चे । जिल्ला प्रशासन कार्यालय रसुवाले लकडाउनका वेला सवारीसाधन पास दिन बन्द गरेको छ । अत्यावश्यक सेवामा भन्दा बढि दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad