# भर्खरै
Namaste Icon
Ad

कोरोनाको सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोनाको सङ्क्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

न्यूयोर्क । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । समाचार स्रोतका अनुसार बिगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका उनि मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

नेपालमा पाँचथर जिल्लामा घर भएका ५० वर्षीय अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जनाएको हो । सुब्बाका एक छोरा र दुई छोरी छन् । उनीहरु सबै अमेरिकामा बस्दै आएका थिए। बेलायतमा एकजना नेपालीको मृत्यु यसअघी नै भएको भएपनी अमेरिकामा कोरोना संक्रमणबाट नेपाली मूलका नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । उनी त्यहाँ भाडाको ट्याक्सी चलाउने काम गर्थे ।

हालसम्म अमेरिकामा अन्य तीनजना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। न्यूयोर्क राज्यको कुइन्समा बसोबास बसोबास गर्दै आएका ४७ र ५५ बर्षका दुईजना नेपालीलाई संक्रमण पुष्टि भएको हो। त्यसैगरी, भर्जिनियाको फेरफाक्समा बसोसबास गर्दै आएकी एक ३८ बर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये एक जनालाई कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। अन्य दुईजना घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्।

Ad

सम्बन्धित समाचारहरु

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालाेसूचीमा

काठमाडौँ । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad