# भर्खरै
Namaste Icon
Ad

खाद्यान्न पसल खुल्न दिने सरकारको तयारी, भाटभटेनी, बिगमार्टलाई सकुर्लर आउने

खाद्यान्न पसल खुल्न दिने सरकारको तयारी, भाटभटेनी, बिगमार्टलाई सकुर्लर आउने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले पर्सी बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्क वस्तु खदिर गर्न सकिने बताएका छन् । राज्यमन्त्री दुगडले आम उपभोक्ताले टोलटोल अत्यावश्यक सामान खरिद गर्न सकिने गरी पसलहरू खुलाउन लागेको बताएका हुन् ।

‘सरकराले तोकेको उक्त समयमा आम उपभोक्ताले आफ्नै टोलमा रहेको पसलबाट खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामान खरिद गर्ने सक्ने छन्,’ उनले भने ‘निश्चित समयका लागि अत्यावश्यकीय सामानको पसल खुल्छ, उपभोक्ताले सामान पाइदैन भनेर आत्तिनु पर्दैन ।’

कोरोनाको संक्रमण फैलिदै जाँदा भोलि बुधबारसम्मका लागि आम उपभोक्ताले अत्यावश्यक सामानको जोह गरेपनि पर्सीदेखि आवश्यकता पर्न सक्छ भनेर निश्चित समय पसल खोल्न दिने निर्णय गर्न लागिएको हो,’ उनले भने ‘बिहीबार बिहान ७ बजेदेखि १२ बजेसम्म नजिकै रहेको खाद्य तथा औषधि पसलबाट आफूलाई आवश्यक सामग्री लिन सक्नु हुन्छ ।’

दैनिक एक पटकमात्र यस्ता पसल खोल्दा अप्ठ्यारो परेमा बिहान र बेलुका गरी दुई पटक अत्यावश्यकी वस्तु राखिएको पसल खोल्न मिल्ने गरी निर्णय गर्न लागिएको उनले बताए । भोलि सरकारले यो निर्णय गर्ने छ, आज यस विषयमा छलफल भएको छ । साथै सरकारले भाटभटेनी, बिगमार्ट, सेलवेयज पनि खोल्न अनुमति दिने तयारी गरेको छ । खाद्यान्न बिक्रि गर्ने स्टोरहरूलाई भोलि सरकारले सर्कुलर जारी गरेर पसल खोल्न अनुमति दिन लागेको राज्यमन्त्री दुगडले बताए ।

Ad

सम्बन्धित समाचारहरु

चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालाेसूचीमा

काठमाडौँ । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । बुधबार विवेकशील नेपाली दलका बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad