# भर्खरै
Namaste Icon
Ad

पूर्वसभामुख महाराकी नातिनीले गाईन यस्तो सन्देशमुलक गीत( भिडियो)

पूर्वसभामुख महाराकी नातिनीले गाईन यस्तो सन्देशमुलक गीत( भिडियो)

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी नातिनी पिञ्जु महराको शैक्षिक भेदभावविरुद्धको गीत बजारमा आएको छ । पिन्जु पूर्वसभामुख महराकी छोरी प्रगति महराकी छोरी हुन् । प्रगति जनवादी गायिका हुन् ।

आश्रम म्युजिक प्रिजेन्सले बजारमा ल्याएको ‘बाबा म त पढ्दिन बोर्डिङ’ मा जनगायक हेमराज आश्रमको शब्द तथा संगीत सिर्जना रहेको गीतलाई नौ वर्षीय बालक सफल परियारले स्वर दिएका छन् । जनबादी गायिका प्रगति महरा र गायक हेमराज आश्रमले पनि आवाज दिएका छन् । गीतको म्युजिक भिडियोमा गायक आश्रमसहित साहित्यकार एवं कलाकार संगीता थापा र बालिका पिन्जुको अभिनय छ । काठमाडौंको पानीपोखरीस्थित भानु माविमा कक्षा ४ मा अध्ययनरत पिन्जुले लोभलाग्दो अभिनय गरेकी छन् ।

बोर्डिङहरुमा महँगो शुल्क तिरेर आर्जन गरिने शिक्षाले अभिभावकहरुले ऋणको भारी बोक्नु परेको पीडालाई यो गीतमा चित्रण गरिएको छ । गीतले निजी बिद्यालयमा भन्दा सरकारी बिद्यालयहरुमा पढ्न प्रेरित गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।

चर्चामा गणेश साउद जिसीको 'होटल होटल' (भिडियो सहित)

चर्चामा गणेश साउद जिसीको 'होटल होटल' (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय युवाहरूको मन-मनमा बस्न सफल गायक, सर्जक तथा मोडल गणेश साउद जिसीको स्वर तथा जगत तिरूवाको र्याप रहेको गीत 'होटल होटल' ले दर्शक श्रोताको रोजाईमा परेको छ । बसिबियालो म्यूजिक प्रालिको युट्युब च्यानलमार्फत एक बर्ष अगाडी सार्वजनिक भएको उक्त गीत आज सम्म १८ लाख भन्दा बढिले हेरिसकेका छन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad