# भर्खरै
Namaste Icon
Ad

२०० भाडा तिरेर लरीको कन्टेनरमा भागेका ५२ जना वीरगन्जमा समातिए

२०० भाडा तिरेर लरीको कन्टेनरमा भागेका ५२ जना वीरगन्जमा समातिए

काठमाडौँ । लकडाउन उल्लंघन गरेर काठमाडौं मालवाहक लरीको खाली कन्टेनरभित्र बसेर आएका ५२ जना यात्रुलाई मध्य राति वीरगन्जको घन्टाघरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं, भरतपुर, हेटौंडा हुँदै गएराति १२ बजे घन्टाघर पुगेको ना ५ ख ९५५२ नम्बरको लरीको खाली कन्टेनरभित्र रहेका ३ बालबालिकासहित ५२ यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लरी चालक शिवनारायण महरालाई पनि नियन्त्रणमा लिइएको छ। काठमाडौंमा हार्डवेयर आल्मुनियम झारेर मंगलबार साँझ वीरगन्ज फर्किने क्रममा लरीमा रहेको खाली कन्टेनरभित्र काठमाडौं, भरतपुर, हेटौंडाबाट यात्रु चढेका थिए। प्रतिव्यक्ति २ सयका दरले भाडा दिने सर्तमा आफूहरू लरीमा चढेको यात्रुहरूले बताएका छन्। प्रहरीले नियन्त्रणमा लिएकाहरू बारा , पर्सा र रौतहटका बासिन्दा हुन्। उनीहरू व्यापार, व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए।

मंगलबारदेखि लकडाउन भएपछि उनीहरूले घर फर्किन अरू सवारी साधन पाएका थिएनन्। ‘अरू गाडी नपाएपछि लरीको खाली कन्टेनरभित्र बसेर घर फर्कने लागेका थियौं,’ बारा गढीमाई नगरपालिकाका मुनियन कुमारी ठाकुरले भने। भरतपुरबाट आएका पर्साको रसिद आलमले आफूहरूले हारगुहार गरेपछि चालकले लरीभित्र चढाएको बताए।

प्रहरी नियन्त्रणमा रहेका लरी चालक महराले पनि आफूले यात्रुलाई चढाउन नमानेको भए पनि बाटो नै छेकेर गाडी घेरेपछि बाध्य भएर चढाउनु परेको बताए। प्रहरी निरिक्षक कुशल बर्तौलाले कन्टेनरभित्र भेटिएका ५२ यात्रु र चालक गरी ५३ जनालाई स्वास्थ्य परिक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको क्वारेन्टनाइनमा पठाइएको बताए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले लकडाउन उल्लंघन गरी यात्रु ओसार्ने लरीका चालकलाई प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार हदैसम्मको कारबाही गरिने बताए। यात्रुहरूलाई भने क्वारेन्टाइनमा स्वास्थ्य जाँच उनीहरूको अवस्था कस्तो देखिन्छ त्यसैअनुसार निर्णय गरिने बस्नेतले जानकारी दिए । सेतोपाटी 

Ad

सम्बन्धित समाचारहरु

भरतपुर अस्पतालमा २६ वर्षीया युवतीको मृत्यु, कोरोना आशंकामा स्वाब परीक्षणको तयारी

चितवन । भरतपुर अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ। परीक्षणको नतिजा नआएसम्मको लागि युवतीको शव छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि उनको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ।

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad