# भर्खरै
Namaste Icon
Ad

प्रतिनिधिसभा बैठक चैत २३ सम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक चैत २३ सम्मका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक आउँदो चैत २३ गतेसम्मका लागि स्थगित भएको छ ।

चैत १३ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गरेर स्थगित भएको हो ।

देशभरि आवत जावतमा प्रतिबन्ध लगाएका कारण चैत २३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सङ्घीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

बागलुङकी ६५ वर्षीय वृद्धामा कोरोना भेटियो, संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालको कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ। यही चैत ४ गतेको कतार एयरवेजकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जना महिलामा कोरोना संक्रमण देखिएको हो।

चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालाेसूचीमा

काठमाडौँ । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad