# भर्खरै
Namaste Icon
Ad

नेपालमा कोरोनाको तेश्रो संक्रमित भेटिए

नेपालमा कोरोनाको तेश्रो संक्रमित भेटिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसको थप एक नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। ‘भर्खरै तेस्रो संक्रमित व्यक्ति भेटिएको जानकारी आएको छ। रोगीको बारेमा विस्तृत जानकारी मलाई पनि प्राप्त भएको छैन’, सरुवा रोग तथा इपिडिमियोलोजीका प्रमुख डा। बासुदेव पाण्डे भने्, ‘ ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ।’

नेपालमा हलासम्म ६८७ जनाको नमूना जाँच गरिएकोमा ६८४ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीन जनामध्ये एकजना निको भएर घर फर्किसकेको र टेकु अस्वपतालमा अहिले फ्रान्सबाट आएकी १९ वर्षीय युवती र नयाँ संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

ललितपुर । ललितपुर चेम्बर अफ कर्मशले पाटन अस्पताललाई १२ सेट पिपिई प्रदान गरेकाे छ । चेम्बर अफ कर्मश ललितपुरका महासचिव सुविन बज्राचार्यले मङ्गलबार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डां विष्णु शर्मालाई साे सामग्री हस्तान्तरण गरेका हुन् ।

बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी बागलुङकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad