# भर्खरै
Namaste Icon
Ad

आज चट्याङसहित वर्षाको सम्भावना

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

त्यसैगरी, हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज दिउँसो भने देशको मध्य र पूर्वि भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलि रहनेछ ।

भने देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पूर्वी र मध्य हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ - उपमेयर ढकाल

खगेन्द्र हमाल, सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाकी उप-मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताएकी छिन ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको उनको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकद्वारा १० लाख प्रदान गर्ने निर्णय

काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad