# भर्खरै
Namaste Icon
Ad

कोरोनाको नयाँ 'इपिसेन्टर' बन्दै अमेरिका, डेन्जर जोनमा न्युयोर्क

कोरोनाको नयाँ 'इपिसेन्टर' बन्दै अमेरिका, डेन्जर जोनमा न्युयोर्क

बीबीसी । अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रू कोमोले कोभिड-१९ 'बुलेट ट्रेन' भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि अपील गरेका छन्।

मङ्गलवार पत्रकारहरूसँग बोल्दै उनले सङ्क्रमणको दर सोचेकोभन्दा उच्च र चाँडो भइरहेको बताए। सङ्घीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनले गुनासो गरे। सङ्घीय सरकारले चार ४०० वटा भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे। न्यूयोर्कमा ३०,००० वटा भेन्टिलेटरको खाँचो रहेकोमा अहिले त्यहाँ केवल ७,००० वटा रहेको उनले बताए ।

न्यूयोर्कमा हालसम्म २५,००० जनालाई सङ्क्रमण अनि कम्तीमा २१० जनाको मृत्यु भएको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मङ्गलवार अमेरिका कोरोनाभाइरस प्रकोपको अर्को केन्द्रबिन्दु बन्ने सम्भावना रहेको बतायो। राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को महिना अमेरिका व्यापारका लागि खुला हुने आशा व्यक्त गरेपछि ती चेतावनी आएका छन् । अमेरिकी सरकारले केही दिन यता न्यूयोर्क सहरबाट बाहिरिएका प्रत्येक मानिसलाई आगामी दुई सातासम्म स्वयं अलग्गिएर 'सेल्फ क्वारान्टीन' अर्थात् एकान्तवासमा बस्न भनेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहर सङ्क्रमणको एउटा केन्द्रबिन्दु भएको बताए । अमेरिकाभरी कोरोनाभाइरस सङ्क्रमण नयाँ पत्ता लागेकामध्ये दुईतिहाइ न्यूयोर्कमा छन्। अमेरिकामा ५३,००० भन्दा धेरैलाई सङ्क्रमण भएको पाइएको छ। झन्डै ७०० जनाको ज्यान गइसकेको छ। राष्ट्रपति ट्रम्पले भने, "हाम्रा निर्णय वास्तविक तथ्यमा आधारित हुनेछन्। ईस्टर पर्वसम्ममा अमेरिकीहरू काममा फर्किनेमा म आशावादी छु। तर कुनै पनि निर्णय अमेरिकीहरूको स्वास्थ्य र सुरक्षामा आधारित भएर गरिनेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु।"

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad