# भर्खरै
Namaste Icon
Ad

उदाहरणीय जोडी दिपक र सरीता - सामाजिक काममा प्रेरणादायी

उदाहरणीय जोडी दिपक र सरीता - सामाजिक काममा प्रेरणादायी

काठमाडौँ । यतिबेला सिंगो विश्व नै महाशंकटको घडीमा छ, कोरोना भईरस कोभिड १९ संह तेश्रो विश्वयुद्ध लडिरहेको संसारमा आ आफ्नो ठाउँबाट दुखी पीडितलाई सहयोग गर्ने मनहरु पनि कमी छैनन् ।

त्यस्तैको एउटा शसक्त उदाहरण हुन् दिपक डोटेल र सरिता तिमिल्सिना । उनीहरु श्रीमान् श्रीमती हुन् । तर संगै छैनन् । दिपक भक्तपुरमा बस्छन भने सरीता अमेरिका । नायक तथा मोडल दिपक कलाकारितामा जति अब्बल छन्, सामाजिक क्षेत्रमा पनि उत्तिकै समय दिईरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा समाजसेवी दिपक डोटेलले आफ्नो शेयर रहेको मध्यपुर अस्पतालबाट शेयरबापत (कोरोना संक्रमित अवधिभर) प्राप्त हुने रकम कोरोना संक्रमणबाट प्रभावित वा भइपरि आउने समस्याको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

यस्तै अमेरिकामा रहेकी सरीता भने उनी अमेरिकामै ‘ओपन वर्लड कवज’ संस्थाको नेपालको प्रतिनिधि पनि हुन् । सोही संस्थाले नेपालमा महिला स्वास्थ्य र शैक्षिक सुधारमा काम गर्दै आएको छ ।

उनले विदेशमा भएर पनि नेपालमा महिला स्वास्थ्य र शिक्षा सुधारमा ध्यान दिईरहेकी छिन् । सोही संस्थाले दाङमा पनि लगानी गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० मा थारु समुदाय तथा पिछडिएका विद्यार्थीहरुलाई मध्येनजर गरि विद्यालय सञ्चालनमा ल्याईएको छ ।

थारु समुदायका बालबालिकाहरुलाई सहज शिक्षा दिनका लागि उक्त विद्यालयमा लगानी गरेको उनको भनाई छ । ‘अहिले थारु समुदायका बालबालिकाहरुले अन्य भाषा बुझ्न कठीन हुने र पढाईमा प्रभाव पर्ने गरेको छ’ उनले भनिन् ‘त्यसैले थारु समुदायका बालबालिकाहरुलाई पठन–पाठनमा सहज होस् भनी हामीले दाङमा लगानी गरेका हौं, अन्य समुदायका पिडडिएका विद्यार्थीहरुलाई पनि यसले सहज बनाएको छ ।’ दाङमा थारु समुदायको बाहुल्यता रहेको जिल्ला भएको भन्दै यहाँका थारु समुदायका बालबालिकाहरुलाई पठन–पाठनमा सहजता ल्याउनकालागि यो कक्षा शुरु गरेका हौं ।’

नारायणपुरमा त्रिपुर टिनरगार्डेन एकाडेमी सञ्चालनमा ल्याएर थारु समुदायका बालबालिकाहरुलाई शिक्षा दिइरहेको उनको भनाई छ । ‘कतिपय थारु समुदायका बालबालिकाहरुले आर्थिक अभावकै कारण पनि विद्यालय पठाउन नसक्ने अबस्था रहेको छ’ उनले भनिन् ‘उहाँहरुको सहजताकालागि हामीले विद्यालय सञ्चालनमा ल्याएका हौं ।’

दुखी पीडित र सहयोग खोजिरहेका व्याक्त्तिहरुको लागि फरक ठाउँ र फरक क्षेत्रमा रहेर पनि सामाजिक कार्यलाई नै अगाडी बढाईरहेको यो जोडीबाट धेरैले पाठ सिक्न जरुरी छ ।

Ad

सम्बन्धित समाचारहरु

मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ - उपमेयर ढकाल

खगेन्द्र हमाल, सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाकी उप-मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताएकी छिन ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको उनको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकद्वारा १० लाख प्रदान गर्ने निर्णय

काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad