# भर्खरै
Namaste Icon
Ad

बिदेशबाट घर फर्केकाहरुको लगत संकलन गर्दै वडा कार्यालय

बिदेशबाट घर फर्केकाहरुको लगत संकलन गर्दै वडा कार्यालय

मजुवा । प्युठान नगरपालिका वडा नम्बर ९ र १० ले भारत तथा तेस्रो मुलुकबाट आएका मानिसहरुको खोजी गर्ने कार्य थालेको छ । विदेशबाट मानिसहरु निर्बाध रुपमा आउन थालेको भन्दै लगत संकलन गर्न लागिएको ९ नम्बर वडा अध्यक्ष नेहर सिंह केसीले जानकारी दिएका छन । विदेशबाट फर्केकाहरुमा रोग संक्रमण हुन सक्ने त्राश बढेपछि उनीहरुको लगत संकलन गरी ब्यवस्थापन गर्न थालिएको केसीको भनाइ रहेको छ ।

अहिले सम्म रोजगारी बाट आएका मध्य २५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताइन् । अझै आउने क्रम रोकिएको छैन यसले गाउँमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सबैमा सचेत रहन भनिएको उनले बताइन् । बिदेशबाट फर्केकाको रेकर्ड संकलन गरि घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिसकेको वडा सचीव धुर्व जिसीले जानकारी दिए । कतार दुबई र भारत लगाएतका देशबाट फर्केका उनिहरुलाई घरमै क्वारेन्टाईनमा बस्न अनुरोध गरिएको वडा अध्यक्ष नेहर सिंह केसीले जानकारी दिएका छन्।

विदेश बाट फर्किएकाहरु १४ दिन अनिवार्य रुपमा क्वारेण्टाईनमा बस्नुपर्ने भनिएको छ । आज प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मी सहितको टोलीगै बिदेशबाट फर्किएका ब्यक्तिहरु लाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी दिने र ऊनीहरुलाई आफ्नो घरमा अरु संग सम्पर्क नहुने गरि बस्न भनिएको छ । अन्य सबैको विवरण तयार गर्न टोलीलाई जिम्मा समेत दिएको वडा कार्यालयले जानकारी दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

मजदुरी गरेर जीवन निर्वाह गर्ने परिवारलाई भोकै बस्न दिदैनौ - उपमेयर ढकाल

खगेन्द्र हमाल, सुर्खेत । बिरेन्द्रनगर नगरपालिकाकी उप-मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जीवन चलाउन बाध्य परिवारलाई बिरेन्द्रनगर नगरपालिकाले राहत बितरण गरेको बताएकी छिन ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न सक्ने नभएको भन्दै नगरपालिकाले सबै वडाहरुमा राहत वितरण गर्न थालेको उनको भनाई छ ।

कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा इन्सेकद्वारा १० लाख प्रदान गर्ने निर्णय

काठमाडौँ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad