Namaste Icon
Ad
Ad

लकडाउन अवधिभरको लागि टेलिकमले दियो रिचार्जबराबरकै बोनस

लकडाउन अवधिभरको लागि टेलिकमले दियो रिचार्जबराबरकै बोनस

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको छ। बुधबार राति १२ बजेदेखि उक्त बोनस सुरु हुनेछ।

टेलिकम प्रबन्धनिर्देशक डिल्ली अधिकारीका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी रिचार्जबराबरका बोनस दिन सुरु गरिनेछ । यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुनेछ। ‘अहिलेको लागि हामीले ७ दिनको लागि मात्र दिने निर्णय गरेका छौं’, अधिकारीले भने, ‘आवश्यक परेमा पछि थप हुनेछ।’

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको थियो। हालको लागि रिचार्जबराबरको बोनसमा मात्र दिने टेलिकमले जनाएको छ। लोनमा ग्राहकको खासै रुचि नदेखाएकाले बोनस मात्र दिने भएको हो।

रिचार्ज बराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ। अन्यथा प्राप्त बोनस काटिनेछ।

Ad

सम्बन्धित समाचारहरु

व्यास गाउँपालिकाको छाङरुमा रहेको अवरुद्ध टेलिकम टावर सञ्चालन गर्न माग

दार्चुला । विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ । गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो ।

टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गर्दै बुढानिलकण्ठ स्कुल

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई–शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई–शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad