Namaste Icon
Ad
Ad

भट्टेडाँडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था

भट्टेडाँडा आधारभूत विद्यालयमा क्वारेन्टाइनको व्यवस्था

ललितपुर । बागमती गाऊपालिका –३ स्थित भटे्डाडा आधारभुत बिधालय मा क्वारेन्टाइनको व्यवस्था गरिने भएको छ । कोभिड–१९को जोखिमलाई ध्यानमा राखी बागमती गाउँपालिका ले आवश्यक परेको खण्डमा ५ देखि १० जना बिरामी अट्ने क्वारेन्टाइन निर्माण गरेको हो । यसलाई आवश्यकता अनुसार ३० जना को उपचार को उपचार कक्ष बनाउन सकिने बागमती गाउँपालिकाका प्रवक्ता एबम भट्टेडाँडाका वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले बताए ।

कोरोनाबाट सावधानी अपनाउन सो क्वारन्टाइनको व्यवस्थापन भइरहेको बागमती गाउँपालिकाका अध्यक्ष बिरबाहादुर लोप्चनले जानकारी दिएका छन् । क्वारेन्टाइन तयार गर्न भट्टेडाँडा स्वास्थ्यचौकीले व्यवस्थापन गर्ने निर्णयसमेत गरिसकेको छ ।

यसैगरी बागमतीगाउँपालिकाका हरेक वडाले विदेशबाट घर फर्कने नागरिकको तथ्याङ्क सङ्कलन गरी घरमै आइसोलेसनमा बस्न लगाउने, गाउँपालिका भित्र हुनसक्ने बिरामीलाई ध्यानमा राखी बागमती गाऊपालिका बडा नम्बर ३ का वडा अध्यक्षले चढ्दै आएको गाडीलाई एम्बुलेन्स को लागि तयारी अवस्थामा राखेको, संक्रमण देखिएमा गाउँपालिका र प्रहरी मिलेर अस्पतालसमेत लैजाने व्यवस्था गरिएको बताइएको छ ।

Ad

सम्बन्धित समाचारहरु

बाँके दुर्घटनाका चालक, सहचालक र घाईतेहरुको नाम सार्वजनिक

काठमाडौँ। गयराती बाँकेको राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा गाडी दुर्घटनामा परी घाइते भएका २१ जनाको नाम ठेगाना नेपाल प्रहरीले सार्वजनिक गरेको छ। मृतकमा भने हाइस चालक र सहचालकको मात्र परिचय खुलको छ।

मध्यराति बाँकेमा सडक दुर्घटना - ११ को मृत्यु, २२ जना घाईते

 पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा मध्यराति १२ बजेतिर गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad