# भर्खरै
Namaste Icon
Ad

ब्रिटिश राजकुमारलाई कोरोना सङ्क्रमण

ब्रिटिश राजकुमारलाई कोरोना सङ्क्रमण

बेलायत । ब्रिटेनका राजकुमार चार्ल्सलाई कोरोना भाइरस सङ्क्रमण भएको उनको औपचारिक निवास क्ल्यारन्स हाउसले पुष्टि गरेको छ। बीबीसीका अनुसार ७१ वर्षीय राजकुमार चार्ल्सलाई मध्यम खालका लक्षणहरू देखिएको छ। तर उनको स्वास्थ्यावस्था राम्रो भएको एक प्रवक्ताले बताएका छन्।

त्यस्तै उनकी ७२ वर्षीया पत्नी डचिस कोर्न्वलको पनि परीक्षण गरिएको छ। तर उनमा भाइरस भएको देखिएन। चार्ल्स र कमिल दुवै जना अहिले स्कटल्यान्डस्थित ब्यालमरलमा अरूबाट अलग्गिएर एकान्तवासमा रहेको क्ल्यारन्स हाउसले बताएको छ।

उनी केही हप्तायता उनी धेरै सार्वजनिक कार्यक्रममा सहभागी भएका 'कसबाट राजकुमारमा भाइरस सर्‍यो त्यो पत्ता लगाउन सम्भव' नभएको क्ल्यारन्स हाउसको विज्ञप्तिमा उल्लेख छ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad