# भर्खरै
Namaste Icon
Ad

तेश्रो कोरोना संक्रमित धादिङका, कतारबाट आएर होटलमा बसेका थिए

तेश्रो कोरोना संक्रमित धादिङका, कतारबाट आएर होटलमा बसेका थिए

काठमाडौं । कोरोना भाइरस कोभिड-१९ बाट संक्रमण हुने तेस्रो व्यक्ति कतारबाट नेपाल आएर केही दिन होटलमा बसेको खुलासा भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै खुलासा गरेका हुन्।

मन्त्री ढकालका अनुसार संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएक थिए। उनी धादिङका ३२ वर्षका पुरुष रहेको उनले जानकारी गराए। मन्त्री ढकालले पत्रकार सम्मेलनमा तेस्रो संक्रमित व्यक्ति कुन होटलमा बसे भन्ने खुलाएनन्।

उनको स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा रिपोर्टमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। यो सँगै नेपालमा कोभिड-१९ को सक्रमित संख्या तीन पुगेको छ।

Ad

सम्बन्धित समाचारहरु

चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालाेसूचीमा

काठमाडौँ । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो।

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । बुधबार विवेकशील नेपाली दलका बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिए।

Ad

प्रतिक्रिया दिनुहोस

Ad