Namaste Icon
Ad
Ad

कोरोना संक्रमणबाट बच्न साबुन,माक्स र पर्चा घरआँगनमै

कोरोना संक्रमणबाट बच्न साबुन,माक्स र पर्चा घरआँगनमै

बासुदेब गिरी,प्युठान । झिमरुक गाउँपालिका वडा नं ८ प्युठानले कोरोना संक्रमणबाट बच्नका लागि फरक ढंगले कार्यक्रम सञ्चालन गरेको छ । अहिले विश्वभर फैलिरहेको कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै वडा कार्यालयले वडाभरिका स्थानियलाई एक वटा साबुन र कोरोनाबाट बच्नका लागि सचेतनामुलक एक पर्चा दिने कार्यक्रम सुरु गरेको वडा अध्यक्ष तुलस बस्नेतले जानकारी दिएका छन् ।

उनले भने,"वडा कार्यालयले चालु आर्थिक वर्षमा छुट्टाएको ५० हजार रुपिँया रकमबाट साबुन दिने योजना बनाएका हौ" । स्थानीय जनता र जनप्रतिनिधिको उपस्थितीमा प्रत्येक बस्तीमा पुगी परिचयात्मक कार्यक्रम, कोरोनाका बारेमा जानकारी संगै सचेतनामुलक पर्चा र साबुन दिएको वडाअध्यक्ष बस्नेतले बताए । सरसफाईनै सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले वडाका सबै जनतालाई सरसफाईमा ध्यान पुर्याउने उदेश्यले यस खालको कार्यक्रम गरेको उनले बताए । मास्क पनि वितरण गर्ने वडाको योजना थियो ,तर माक्स पाएका छैनौ, वडाअध्यक्ष बस्नेतले भने,‘नमुनाका लागि केहि माक्स पनि दिएका छौँ ।’

बुधवार वडाको गब्दी, टिमुरचौरका बस्तीमा यो सचेतनामुलक अभियान चलाएको र बाकी रहेका बस्तीमा विहिवार चलाउने वडा सदस्य भागिरथ गिरिले बताए । वडाका करिब ७ सय घरधुरीमा साबुन पुर्याईने उनले जानकारी दिए । त्यस्तै जिल्ला समन्वय समिति प्युठानको सदस्य रेशमा केसी (गिरी)र स्थानीय उद्योगी बिष्णु गिरीले वडाबासीलाई माक्स र स्थानीय हर्वल साबुन वितरण गरेका छन् ।

स्थानीय सरकारका जनप्रतिनिधिको उपस्तिथिमा प्युठान नगरपालिकाको वडा नम्बर ९ र १० का दुबै वडाका दुर्गम स्थानका स्थानीय लाई दुबै जनाले संयुक्तरुपमा एक हजार थान माक्स र पाँच सय पिस स्थानीय मरन्ठानामा उत्पादित हर्वल साबुन वितरण गरिने बताए । बुधबार प्युठान नगरपालिका वडा नम्बर ९ र १० का दुर्गम बस्तीहरु,छेपाने,काफलठुटा,कोटधारा,भुसवाङका स्थानीयलाई पाँच सय माक्स र एक सय पचास साबुन वितरण गरिएको बिष्णु गिरीले जानकारी दिए ।

संभाबित कोरोनाको जोखिमलाई न्युनिकरण गर्ने र जनताहरुको सरसफाइको आनिवानीमा परिवर्तन ल्याउने उद्देश्यले स्थानीयबासीलाई माक्स तथा हात धुने साबुन बितरण गरिएको जिल्ला समन्वय समिति प्युठानका सदस्य रेशमा केसी गिरीले बताइन् । उनले,ूभनिन् गाउँ बासीलाई केहि सहज होस भनेर गाउँ गाउँमा पुगेर माक्स र साबुन बितरण गरेका हौू। अन्य दुर्गम बस्तीमा समेत क्रममा वितरण गर्दै जाने गिरीले बताइन् । अभावको बेला घरआगनमै माक्स र साबुन पाउँदा स्थानीय खुशी भएका छन । वितरण कार्यक्रममा शिक्षक स्वास्थ्यकर्मी जनप्रतिनिधि सुरक्षाकार्मी पत्रकार लगाएतको सहभागी रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

दशकपछि श्रीमतीलाई प्रेम पत्र

दशकपछि श्रीमतीलाई प्रेम पत्र

प्रिय जीवन साथी,                              मैले तिमीलाई आज वैवाहिक जिवनको एक दशकपछि पहिलो पटक प्रेम पत्र लेख्ने दुस्प्रयास गरेकोछु । आशा छ, यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं । हिमाल जस्ता सेतासेता कापीका पानाहरुमा कश्मीर रूपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांसमा शब्दका पुष्पगुच्छा रुपि माला गाँस्ने प्रयासरत छु । मेरो जिवनका हरेक सपना, चाहाना, खुशी सबै– सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रागरी आत्मीयता र सामिप्यता गाँस्दै गाँस्दै हाँसो आँसु उकाली ओराली जीवन संर्घषको उत्कर्षमा छु म, तिमी पनि छौं, वा हामी छौं । लामो स्वास फेर्न मन लाग्यो उफ ! अरु अरुले कुरागरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे ! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि, मैले त्यो सधै महशुस गर्छु ।

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad