Namaste Icon
Ad
Ad

नि:शुल्क माक्स वितरण गर्दै वडाध्यक्ष गाउँगाउँमा

नि:शुल्क माक्स वितरण गर्दै वडाध्यक्ष गाउँगाउँमा

माधव खनाल, अर्घाखाँची । अर्घाखाँचीको जिल्लाको भुमिकास्थान नगरपालिका १ र २ अध्यक्षहरु भोजराज खनाल र बुद्धि बहादुर थापा निशुल्क माक्स बितरण गर्दै गाउँगाउँमा पुग्नुभएको छ वडा न १र २को संयुक्त लगानीमा ८ हजार भन्दा बढि माक्स बितरण गरिने भएको छ ।

विश्व भर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण र सन्त्रास कम गर्ने हेतुका साथ दुवै वडाका ८ हजार २ सय मानिसलाई त्यति नै संख्यामा माक्स बितरण गर्न लागिएको भुमिकास्थान–१ का वडा अध्यक्ष भोजराज खनालले जानकारी दिएका हुन् । स्थानीय स्तरमै उत्पादन गरि आज एक कार्यक्रमको बिच ढाकावाङ्ग प्रहरीचौकीको प्राङ्गगणबाट बितरण गर्न सुरु गरिएको माक्सहरु पर्सि १४ गते सम्म सबैको हात–हातमा पुर्याईसक्ने गरि काम सुरु भएको भुमिकास्थान–२ का वडा अध्यक्ष बुद्धि बहादुर थापाको भनाई छ ।

तिन लाखको लागतमा तयार हुने माक्स जनतालाई निशुल्क बितरण गर्नको निम्ती ढाकावाङ्ग स्वास्थ्यचौकीमा कार्यरत ३२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने स्वास्थ्यचौकी प्रमुख मन्जु खनालले जानकारी दिएका छन् । घरमै पुगेर माक्स बितरण गरेसंगै कोरोना भाइरसको संक्रमणबाट बच्नको निम्ती गर्नुपर्ने साबधानीको बारेमा सचेतना समेत प्रदान गरिने वडा अध्यक्ष खनालले बताए

। भुमिकास्थान–१ र २ नम्बर वडामा सिंगो प्यानल सहित दुवै अध्यक्ष राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्बाचित भएका हुन् । माक्स बितरण सुभारम्भ कार्यक्रममा ढाकावाङ्ग प्रहरीचौकी प्रमुख गणेश गिरी,अन्य जनप्रतिनिधि,शिक्षक,स्वास्थ्य कर्मचारी लगायतको सहभागिता रहेको थियो ।साथै भुमिकास्थान १ ले वडाका दुई स्थान बाल शिक्षा माध्यमिक बिधालय साम्नेगाउ र विश्व माध्यमिक विधालय पिपलनेटामा क्वारेन्टाइनको स्थापना गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

बाँके दुर्घटनाका चालक, सहचालक र घाईतेहरुको नाम सार्वजनिक

काठमाडौँ। गयराती बाँकेको राप्ती सोनारी गाउँपालिका-२, ठुरिया जंगलमा गाडी दुर्घटनामा परी घाइते भएका २१ जनाको नाम ठेगाना नेपाल प्रहरीले सार्वजनिक गरेको छ। मृतकमा भने हाइस चालक र सहचालकको मात्र परिचय खुलको छ।

मध्यराति बाँकेमा सडक दुर्घटना - ११ को मृत्यु, २२ जना घाईते

 पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगलमा मध्यराति १२ बजेतिर गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad