# भर्खरै
Namaste Icon
Ad

हङकङमा भेटिए कोरोना सङ्क्रमित पहिलो नेपाली

हङकङमा भेटिए कोरोना सङ्क्रमित पहिलो नेपाली

 काठमाडौँ । हङकङमा पहिलो पटक एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएको भेटिएका छन्। पोखरा स्थायी घर भएका २८ वर्षीय गुरुङ थरका युवकको स्वस्थ परिक्षण गर्दा कोरोना पोजेटिभ फेला परेको हो। हङकङमा उनी केस नम्बर ३९४ औं मा परेका छन्।

१० वर्षदेखि हङकङमा बसोबास गर्दै आएका गुरुङ ४ वर्षयता हङकङको चर्चित नाइट मार्केट लान क्वाइ फोङको बारमा काम गर्दै आएका थिए। आफ्ना सहकर्मीलाई कोरोना भाइरस संक्रमण भएपछि उनको समेत परिक्षण गरिएको थियो। परिक्षण रिपोर्ट पोजेटिभ आएपछि गुरुङलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

हङकङको सेङ सुइस्थित नर्थ डिष्ट्रिक अस्पतालको आइसीयुमा गुरुङको उपचार भइरहेको छ।

Ad

सम्बन्धित समाचारहरु

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

पाटन अस्पताललाई ललितपुर चेम्बरकाे सहयाेग

ललितपुर । ललितपुर चेम्बर अफ कर्मशले पाटन अस्पताललाई १२ सेट पिपिई प्रदान गरेकाे छ । चेम्बर अफ कर्मश ललितपुरका महासचिव सुविन बज्राचार्यले मङ्गलबार पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डां विष्णु शर्मालाई साे सामग्री हस्तान्तरण गरेका हुन् ।

बागलुङकी २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी बागलुङकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad