# भर्खरै
Namaste Icon
Ad

कोरोनाभाइरस: सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्त

कोरोनाभाइरस: सन्तानब्बे वर्षीया महिला भइन् सङ्क्रमणमुक्त

बिबिसी । दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ। तर ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।

उनी कोभिड-१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्। यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो । जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्। बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।

तर गर्भनर युरिको कोइके भन्छिन्: "हामी सबैजनालाई कुनै पनि अवस्थामा अत्यावश्यक नभई यो साता घरबाहिर ननिस्कन अनुरोध गर्छौँ।" उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरिन्। जापानमा १,२०० जनामा सङ्क्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ । भारतमा बिहीवार २१ दिने लकडाउनको दोस्रो दिन हो। त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ।

पाकिस्तान दक्षिण एशियाकै सबैभन्दा बढी सङ्क्रमण भएको देश हो। त्यहाँ १,००० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ। बङ्ग्लादेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। सङ्क्रमितहरूको सङ्ख्या ३९ पुगेको छ। तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ सङ्क्रमित भेटिएका छैनन्।

श्रीलङ्कामा बुधवार सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ।

Ad

सम्बन्धित समाचारहरु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

कोरोनाबाट भारतमा बुधबार एकैदिन १० जनाको मृत्यु

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) बाट भारतमा बुधबार एकै दिन १० जनाले ज्यान गुमाएका छन् । योसँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

कोरोनाभाइरस विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि

बिबिसी । मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे। आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।

Ad

प्रतिक्रिया दिनुहोस

Ad