Namaste Icon
Ad
Ad

आफ्नो बच्चालाई Genius कसरी बनाउने ?

आफ्नो बच्चालाई Genius कसरी बनाउने ?

सन्तोष लामा


हरेक अभिभावक आफ्नो बच्चालाई जिनियस बनाउन चाहन्छन । अरु ब्यक्तिको बच्चाहरुको तरक्की, सफलता देखेर आफ्नो बच्चा पनि त्यस्तै बनाउन चाहन्छ्न । अहिलेको समयमा सबैभन्दा ठूलो चुनौती नै आफ्नो बच्चालाई जिनियस, सस्कारी युक्त बनाउनु हो । तर अधिकास अभिभावकलाई यो कुराको महसुस हुदैन कि आफ्नो बच्चालाई कस्तो बनाउने भन्ने कुरा सम्पुर्ण अभिभावक कै जिम्मामा हुन्छ । तर अधिकास अभिभावकले आफ्नो बच्चालाई गलत पर्बरिस गरिरहेको हुन्छ जस्तो बच्चाको इच्छा चाहना रुचि बिपरित अभिभावकले आफ्नो इच्छा चाहना थोपार्ने गर्छन् । मैले यो बाक्य धेरै सुन्ने गरेको छु "मेरो मम्मी ड्याडिको कारणले मैले विषय पढेको हु !" यसरी केही अभिभावक आफ्नो इच्छा यसरी आफ्नो बच्चामा लाद्ने गर्दछ्न जस्को कारण बच्चाले आफ्नो सिर्जनात्मक र जिनियस हुने मौका गुमाउछ्न । केही महिना अगाडि नेपालमा साग गेम भएको थियो, जहाँ पौडिबाजमा गौरिका सिंहले चार संवरण पदक जितेकी थिइन । उनको यो सफलतामा उनको परिवारको ठूलो भुमिका रहेको थियो भन्ने कुरा बिभिन्न सन्चार माध्यममा आएको छ । यिनको परिवारबाट पनि हामिले धेरै कुरा सिक्न सक्छौ । र यस च्याप्टरमा म तपाइलाइ आफ्नो बच्चालाई कसरी जिनियस बनाउन सकिन्छ भन्ने बिषयमा बताउने छु ।

१) Find & Suoport your child's PASSION

सर्बप्रथम हरेक अभिभावकले आफ्नो बच्चाको passion के हो त्यसलाई पत्ता लगाइ उनलाइ सपोर्ट गर्नु पर्दछ, न कि आफ्नो इच्छा चाहना थोपार्ने । आफ्नो बच्चालाई जिनियस बनाउने पहिलो बाटो नै उनको प्यासन लाई नर्चर गर्ने । यो समयमा अभिभावकको ठुलो भुमिका रहन्छ । गौरिका सिंहलाई पनि उनको परिवारले गौरिकाको प्यासनलाइ सपोर्ट नगरेको भए सायद उनी यो स्थानमा आउदिन थिइनन । उनलाइ उनको आमा गरिमा राणाले धेरै नै साथ दिएको थियो भनेर बताइकी थिइन् स्मरण रहोस गरिमा राणा २०५० सालको एस. एल. सि टपर हुन ।

२) Spend on Skill Development not on Fun & entertainment

अधिकास अभिभावकले गल्ती गर्ने यहि कुरामा हो आफ्नो बच्चालाई फन मनोरंजनमै बढी भन्दा बढी खर्च र समय बिताउछ्न । आफ्नो बच्चालाई जिनियस बनाउन उनको प्यासन अनुसारको स्किल डेभलप गर्नमा खर्च गरिदिनु पर्छ ताकी उनको ट्यालेन्ट निखारियोस । यस्तो कुरामा गरिएको खर्चले पछि अन्तत धेरै फाइदा दिने गर्छ । अब सोच्ने पालो आएको छ कि के तपाइले गर्दै आइरहेको खर्चले तपाइको बच्चाको ट्यालेन्ट डेभलप भैरहेको छ ? अब देखि बच्चाको मनोरञ्जन अनेक इलेक्ट्रोनिक ग्याजेट्समा खर्च नगरौ । बच्चाको हुनर डेभलप गर्न सचेत हो औ ।

३) Develop Self Descipline in your Child

यदि कोहि बच्चा सफल छन भने यसको कारण हो उनको अभिभावकले दिएको अनुशासनको पालनको प्रमुख कारण ।आफ्नो बच्चालाई अनुशासन सिकाउन जरुरत छ यसको बानी बसाल्नु जरुरी छ । सफलता प्राप्त गर्न अनुशासनको निकै महत्व हुन्छ।आफ्नो बच्चालाई अनुशासनको महसुस गराउन सक्नु पर्दछ कि मेरो सफलतामा यसको निकै महत्व छ भनेर । यी तीन फर्मुला हरेक अभिभावकले आफ्नो बच्चामा लागू गर्ने हो भने हरेक बच्चा जिनियस हुन सक्छन् ।

Ad

सम्बन्धित समाचारहरु

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

अहिले कोभिड १९ ले समग्र क्षेत्रमा असर पारेको कुरा सबैलाई अवगत नै छ । सरकारले निजी स्कुलहरुलाइ फिस उठाउन रोकेको कारणले तलब दिन सक्दैनौं भन्दै शिक्षक, कर्मचारीहरुलाइ जे गर्छौ गर भन्दै निजि स्कुल संचालकहरुले निकाल्ने षड्यन्त्र गरिरहेका छन । निजि स्कुलका शिक्षकले यन्त्रले झै काम गरि सरकारि बिधालयको तुलनामा निकै राम्रो नतिजा प्रदान गरिरहेको कुरा सर्वविवितै छ । यस्तो विषम परिस्थितिमा शिक्षक साथीहरुको समस्यामा मलमपट्टि लगाउनुको साटो घोक्राएर निकाल्ने मनस्थितिमा शैक्षिक माफियाहरु लागिपरेका छन । अहिलेसम्म कुनै पनि सरकारी तह तप्का लगायत विभिन्न संगठनलगाएत अधिकारकर्मिहरु मौन बसेका छन । सम्पुर्ण निजि स्कुलमा काम गर्ने शिक्षकहरुले पनि आफुभित्र भएको अन्याय र अत्त्याचारलाइ जतिसक्दो छिटो बाहिर ल्याउनु पर्छ ।

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

रेखा खुलाल मगर चीनको वुहानमा डिसेम्बरको अन्त्यतिर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले अहिले विश्वभरी नै फैलिएर सिंगो मानव सभ्यतालाई नै अस्तब्यस्त बनाएको छ। वुहानमा कोरोनाले हजारौको संख्यामा मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो। अहिले विभिन्न देश हुँदै नेपालमा पनि जरो गाड्दै छ । सबै देशहरुमा कोरोना भाइरसको माहामारीको बिगबिगी हुँदै गर्दा नेपालमा पनि आउने सम्भाबना देखेपछि नेपाल सरकारले २०७६/१२/११ गते देखि लकडाउनको घोषणा गर्यो ।यो कोरोना भाइरसको कारण मानिसको जीबनमा परेको असर अहिले निकै चुलिँदो अबस्थामा पुगेको छ। देशको अर्थतन्त्र निकै खस्किदो अबस्थामा पुगेको छ। मानिसहरुको जीवनमा आवश्यक पर्ने गास,बास, कपास यानकी आधारभुत आवश्यक्ताहरु परिपुर्ति गर्न सकिरहेको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad