Namaste Icon
Ad
Ad

5 Effective tips for Public Speaking

5 Effective tips for Public Speaking

केही जित हासिल मध्य यदि कोहि ब्यक्ति २/४ जना ब्यक्तिहरुको माझ निर्धक्क बोल्न सक्छ त्यसलाइ पनि मनोबैज्ञानिक रुपमा जित मान्न सकिन्छ । यदि तपाईं पनि २/४ जना ब्यक्तिहरुको माझ आफ्नो कुरा निर्धक्कका साथ राख्न सक्नु हुन्छ भने तपाइले जिबनमा केही तरक्की गर्न सक्नुहुन्छ । तर अधिकास मानिस २/४ जना व समुहमा खुलेर कुरा गर्न नै सक्दैनन् र भन्ने गर्छन् बरु म मर्छु, म बोल्न व भाषण गर्न सक्दिनँ । यस्तो हुनुको पछाडिको कारण हो डर !

यो पनि एक खालको डर नै हो यसलाइ अङ्ग्रेजीमा ग्लोसोफोबिया भनिन्छ । उचाइको डर, गहिराईको डर जस्तै यो पनि डर नै हुन, तर यो डर अस्थायी हुन् । यो डर (ग्लोसोफोबिया) लाई जित्न सकिन्छ । भाषण कला एक कला हो यसलाइ जित्न सकिन्छ, यसलाइ डर लिनु पर्ने कारण नै छैन यो तब सम्म रहन्छ जब सम्म यो कला जानिदैन । यो सन्सारमा यदि कोहि ब्यक्तिसङग भाषण कला (Public Speaking) को ज्ञान छ भने उसले आफ्नो ब्यक्तिगत अनि व्यावसायिक जिबनमा निकै तरक्की गर्न सक्छ । नेपालिमा उखान नै छ नि " बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन" त्यसैले यो सन्सार बोल्नेको हातमा छ । यस च्याप्टरमा म तपाइलाइ भाषण कलालाइ कसरी प्रभाबकारी बनाउने भन्ने बारेमा पाँच टिप्स बताउने छु ।

१) Praparation
यदि तपाईं कुनै बिषयमा भाषण दिदै हुनुहुन्छ भने त्यसको तयारी हुन आबस्यक छ । कुन बिषयमा बोल्ने, कहा बोल्ने कस्तो बर्गमा बोल्ने आदि इत्यादि तयारी बिनाको तपाइँको भाषाणले दर्शक श्रोतामा राम्रो प्रभाव पार्न सक्नु हुन्न । यदि कुनै ठाउमा १ घण्टाको भाषण दिदै हुनुहुन्छ भने कम्तीमा ४/५ घण्टाको तयारी गर्नु पर्दछ अनि मात्र तपाइको भाषणमा गतिलो प्रदर्शनी हुनेछ । तपाईंले बोल्ने भाषणको स्क्रिप्ट तयार गरे पछि एना अगाडि उभिएर अभ्यास गर्नु होस वा क्यामरामा रेकर्ड गर्नुहोस ताकी तपाइले कस्तो प्रदर्शन गर्नु हुनेछ वा गल्ती कहाँ भयो भनेर थाहा पाउनु हुन्छ ।

२) Voice Modulation - Change Pitch
Voice modulation अर्थात तपाइले भाषण दिदा कहिले समाचार भनेको जस्तो रोबोटिक शैलिमा नभै शब्द अनुसारको आफ्नो भ्वाइस परिवर्तन गरेर बोल्नु होस। अरुको जस्तै दुरुस्त पनि नक्कल नगर्नु होस आफ्नो प्राकृतिक शैलिलाइ प्रयोग गर्नुहोस ।

३) Pause & Remember

भाषण गर्दा एकनासले नबोलिकन बिच बिचमा pause को प्रयोग गरि बोल्नु पर्दछ यसो गर्नाले दर्शकको ध्यान तपाईं तिर मोडिन्छ किनकी तपाइले अब केही महत्त्वपुर्ण कुरा गर्दै हुनुहुन्छ भनेर यो एउटा Public Speaking कला हो । pause & remember कसरी प्रयोग गरिन्छ भनेर जान्न केही सफल वक्ताको भिडियो हेरेर पनि अन्दाज लगाउन सकिन्छ ।

४) Feelings & Enthusiasm
तपाइको भाषणमा तपाइको स्क्रिप्ट अनुसार भावना हुनु पर्दछ । यदि तपाइले दु:खको बारेमा बोल्दै हुनुहुन्छ भने तपाईंको हाउभाउ पनि दु:खद नै हुनु पर्छ त्यसतै सुखद कुरामा पनि । किनकी दर्शक को तपाईं एना हुनुहुन्छ, जस्तो लय ले तपाइले लानु हुन्छ त्यस्तै तपाईंको Audience हुन्छ। स्मरण रहोस यो कला नै पब्लिक स्पिकिङ्ग को मुख्य कला हो ।

५) Memory Skill
भाषण दिदा भाषणलाइ सहज बनाउन यो स्किलको निकै महत्त्व हुन्छ किनकी तपाइले स्पिच तयार गर्दा पोइन्टमा याद गर्नु पर्ने हन्छ । कतिपय ठाउमा स्लाइड / नोट प्रयोग नगरी बोल्नु पर्ने हुदा सबै पोइन्टलाई याद गरेर राख्नु पर्छ। त्यसैले यो स्किललाई पनि डेभलप गर्नुहोस । साधरण यो पाँच तरिका अपनाउनु भयो भने पनि तपाइको पब्लिक स्पिकिङ्ग कला डेभलप गर्न सक्नु हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

निजि बिद्यालयका शिक्षकको पेशागत अधिकार खै ?

अहिले कोभिड १९ ले समग्र क्षेत्रमा असर पारेको कुरा सबैलाई अवगत नै छ । सरकारले निजी स्कुलहरुलाइ फिस उठाउन रोकेको कारणले तलब दिन सक्दैनौं भन्दै शिक्षक, कर्मचारीहरुलाइ जे गर्छौ गर भन्दै निजि स्कुल संचालकहरुले निकाल्ने षड्यन्त्र गरिरहेका छन । निजि स्कुलका शिक्षकले यन्त्रले झै काम गरि सरकारि बिधालयको तुलनामा निकै राम्रो नतिजा प्रदान गरिरहेको कुरा सर्वविवितै छ । यस्तो विषम परिस्थितिमा शिक्षक साथीहरुको समस्यामा मलमपट्टि लगाउनुको साटो घोक्राएर निकाल्ने मनस्थितिमा शैक्षिक माफियाहरु लागिपरेका छन । अहिलेसम्म कुनै पनि सरकारी तह तप्का लगायत विभिन्न संगठनलगाएत अधिकारकर्मिहरु मौन बसेका छन । सम्पुर्ण निजि स्कुलमा काम गर्ने शिक्षकहरुले पनि आफुभित्र भएको अन्याय र अत्त्याचारलाइ जतिसक्दो छिटो बाहिर ल्याउनु पर्छ ।

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

कोरोनाले जीवनलाई ढलमल र अलमल बनायो !

रेखा खुलाल मगर चीनको वुहानमा डिसेम्बरको अन्त्यतिर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) ले अहिले विश्वभरी नै फैलिएर सिंगो मानव सभ्यतालाई नै अस्तब्यस्त बनाएको छ। वुहानमा कोरोनाले हजारौको संख्यामा मानिसहरुलाई मृत्युको मुखमा पुर्यायो। अहिले विभिन्न देश हुँदै नेपालमा पनि जरो गाड्दै छ । सबै देशहरुमा कोरोना भाइरसको माहामारीको बिगबिगी हुँदै गर्दा नेपालमा पनि आउने सम्भाबना देखेपछि नेपाल सरकारले २०७६/१२/११ गते देखि लकडाउनको घोषणा गर्यो ।यो कोरोना भाइरसको कारण मानिसको जीबनमा परेको असर अहिले निकै चुलिँदो अबस्थामा पुगेको छ। देशको अर्थतन्त्र निकै खस्किदो अबस्थामा पुगेको छ। मानिसहरुको जीवनमा आवश्यक पर्ने गास,बास, कपास यानकी आधारभुत आवश्यक्ताहरु परिपुर्ति गर्न सकिरहेको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad