Namaste Icon
Ad
Ad

काेराेना कहरमा सहकारीको भूमिका

काेराेना कहरमा सहकारीको भूमिका
बल्लभ तिमिल्सिना

काेराेना महामारीको अवस्थामा बैंक वित्तीय संस्था लगायत सहकारीहरुले केही हदसम्म भएपनि सेवा दिईरहेकाे पाईन्छ । यद्यपि लकडाउन अझै केही दिन वा हप्ता लम्बिने देखिन्छ । यस्तो असहज अवस्थामा सहकारीले निम्न सेवाहरु सुचारु गर्न सक्छन् ।

१. वित्तीय सहकारीहरुले निश्चित दरमा वचत फिर्ता गर्न सम्पर्क सुत्रहरु ताेक्ने ।

२. केही सिमित मात्रामा तरलताकाे क्षमताकाे आधारमा आकस्मिक अवस्थाका ऋणहरु उपलब्ध गराउने ।

३. ऋण प्रदान गर्दा वा वचत फिर्ता गर्दा सरकारले ताेकेका मापदण्डअनुरूप दुरी र सरसफाइ कायम गर्ने ।

४. सहकारीको सामाजिक सञ्जाल, फाेन, माेबाईल, ईमेल लगायतका सम्पर्क सुत्रहरु सँधैे खुला राख्ने ।

५. सदस्यले चाहेकाे जानकारी, सूचना वा विभिन्न सेवाहरु प्रदान गर्न विशेष ध्यान दिने ।

६. याे अवस्थामा उत्पादन, वितरण र उपभाेगमा कृषि र उपभोक्ता सहकारीकाे विशेष भूमिका छ , यी सहकारीहरुले सदस्य मात्रै हाेईन गैर सदस्यलाई समेत सेवा दिने र उनिहरुलाई सदस्य बनाउने माैका छ ।

७. दुग्ध किसानहरुले दुग्ध नबिकेर खाेलामा दुग्ध बगाएकाे विभिन्न सामाजिक सञ्जालमा देखियाे, उत्पादन भयाे तर वितरण प्रभावकारी भएन, किन यस्तो भयाे यसकाे गहिराे अनुसन्धान गरि अागामि रणनीतिक तय गर्नु जरुरी छ ताकि किसानकाे दुख खेर नजाअाेस् ।

८. सहकारी सामूदायिक व्यवसाय हुन्, दुखकाे समयमा हामी छाैं भन्ने अाभाष दिन सक्नुपर्छ ।

९. गैर वित्तीय सहकारीहरुले अावश्यक पर्दा नियमानुसार स्वीकृति लिएर घरदैलाे सेवा दिन सके सहकारीको विश्वास धेरै वृद्धि हुन्छ ।

१०. सरकारले जारी गरेका सूचनाहरु सदस्यमाझ पुर्‍याउन, सरसफाइ सम्बन्धि जागरण ल्याउन, सरकारले उपलब्ध गराएका सुविधाहरुकाे जानकारी दिन, स्थानीय सरकारसँग सहकार्य गर्न र विभिन्न राहत सामाग्रीहरु वितरणमा सहयाेग गरेर सहकारीको नाम र छवि उच्च राख्ने याे एउटा माैका पनि हाे ।

तिमल्सिना नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ तालिम अधिकृत हुन् ।

Ad

सम्बन्धित समाचारहरु

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ । महासंघले शुक्रबार पैस विज्ञप्ती जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको हो ।

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad