Namaste Icon
Ad
Ad

१० बोरा बासमती चामल घरमा लुकाएर १ बोरा मनसुली चामलको लागि लाईन बस्ने स्थिति नहोस

१० बोरा बासमती चामल घरमा लुकाएर १ बोरा मनसुली चामलको लागि लाईन बस्ने स्थिति नहोस


पुरुषोत्तम हुमागाईं, चापागाउँ


विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ को माहामारीलाई नियन्त्रण गर्ने सन्दर्भमा अहिले नेपाल सरकारले देशब्यापी रुपमा गरेको लकडाउनको अहिले दोश्रो हप्ता चलिरहेको छ । बिगत केही दिन देखि नेपालमा नयाँ सङ्क्रमणको बिरामी भेटिएको छैन र संक्रमण देखिएका बिरामीहरुको अवस्था पनि सामान्य नै रहेको जानकारी हाम्रो लागि सुखद नै मान्नु पर्दछ । लकडाउनको दोश्रो हप्ता चलिरहँदा सरकारले चीनबाट केही उपकरण सहित स्वास्थ्य सामाग्री हरु भित्र्याएको छ र अब अलि द्रुतगतिमा परीक्षण हुनेछ र रिपोर्ट आउनेछ । केही हप्तामा नै शंका लागेमा मात्रै पनि परिक्षण हुने अवस्थामा हामी पुग्नेछौं भन्ने सरकारको दाबी छ ।

यसको लागि नेपाली जनताले अहिले जसरी लकडाउनमा साथ दिएर सरकारको यो अभियानमा साथ दिइरहेका छ्न अबको केही हप्ता हामीले धैर्यतापुर्बक यसैगरी सरकार को यो अभियानमा साथ दिने हो भने हामी यो माहामारी बिरुद्द जित्ने ठाउमा पुग्छौ जस्तो लाग्छ । किनभने इटाली, स्पेन जस्ता देशहरुले रोकथामको लागि नपाएको त्यो समय र अवसर हामीसग अझै बाँकी छ । अहिले यो माहामारीसँगै अर्को बिषय उठेको छ राहतको बिषय । पक्कै पनि अहिले अत्यन्तै अप्ठ्यारो परिस्थिति हो । यो अप्ठेरो परिस्थितिमा केही अप्ठ्याराहरु हामिले झेल्नै पर्छ ।असहज परिस्थितिलाई सहजतामा ल्याउनको लागि केहि अप्ठ्यारोसँग त लड्नै पर्ने अवस्था छ । त्यसकारणले सबभन्दा पहिला मानसिक रुपमा नै हामी तयार हुनुपर्यो कि अहिले असहज परिस्थितिको हामिले सामना गर्नु छ । तर अहिले यसो सामाजिक सन्जाल हरु हेर्दा भुकम्पको बेलामा जस्तै यो राहत को नाममा बेथिति हरु मौलाउदै जाने अनि यसकै नाममा भिड्भाड हुने, अनि झन परिस्थिति बिग्रने त होइन भन्ने कुरामा हामी सचेत हुनु पर्दछ । मैले भुकम्पको बेलाको अलिकति स्मरण गर्न चाहन्छु हामी खान नसक्ने तथा घर लडेर सबै अन्न पुरिएको कति थियौं होला अनुमान गरौँ तर राहत को गाडी चामलको बोरा लिएर गएपछि हामी सबै लाइन लाग्यौँ । जो राहत दिन सक्छ सबभन्दा पहिला त्यही लाइन मा बस्यौ ।आफू मात्रै होइन घरको सबैलाइ भिन्न गराइदिएर १ बोराको ठाउँमा चार बोरा बोक्यौं । त्यति मात्रै होइन श्रीमतीज्यु पनि छुट्टिएको भनेर अर्को बोरा ठोक्यौ !अरु धेरै बिकृती धेरै नलेखौ गर्नेले दख्नेले एक पटक स्मरण गरौ !

अहिले को चालामाला हेर्दा केही दिनमा घरमा १० बोरा बासमती को चामल लुकाएर १ बोरा मनसुली चामल को लागि मान्छे लाइन बस्न बेर छैन । त्यसैले यो राहतको कुरालाइ अलि व्यबस्थित , बैज्ञानिक र विशेष योजना बनाउनु जरुरी छ ! यो काम स्थानीय निकाय विशेषगरी वडा कार्यालयको हो । मैले हिजो केही केही वडा कार्यालय हरुले राहत को लागि वडा कार्यलय मा फर्म भर्ने के के सुचना हरु यस्तै यस्तै के के सामाजिक संजालमा देख्न पाएको थिएँ । हुँदाहुँदा आज त बिहान एकजना पत्रकार मित्र ले एउटा वडा कार्यालय मा राहत को लागि फर्म भर्दै गरेको भिड को फोटो पनि देखाउनु भयो । ए बाबा तरकारी किन्न त बाहिर नजानु भनेको छ, मजाले अनुहार देखिने गरि झोल हालेर खाउन केही समय । सधै मीठो खानु पर्ने हो र भन्या ! अहिलेको यो प्रविधिको युगमा पनि हामिले अपनाएको शैलीलाई खोइ के भन्ने ! पक्कै पनि आफ्नो वडाभित्र का केही मान्छे हरु समस्या मा परेका हुनसक्छन ! अफ्ठ्यारो मा परेका हुनसक्छन उनिहरुलाइ यो लकडाउन को अबधीभर सामान्य खाद्यान्न को व्यवस्था गर्नु राज्यको दायित्व हो नै । तर यसलाइ यसरी फर्म भरेर ,लाइन राखेर चामल को बोरा बाडेर फोटो खिच्नु जरुरी छैन ।

अहिले शिक्षक हरु ,सरकारी कर्मचारी हरु सहकारीकर्मी हरु ,समाजसेवी हरु ,व्यावसायि हरु ,राजनीतिक पार्टी का नेताहरु कार्यकर्ता हरु सबै आफ्नै घरमै फुर्सद को समयमा बसिरहेको अवस्था हो।आफ्नो घर वरिपरि नजिक मा अफ्ठ्यारो मा परेको मान्छे को हो । वरिपरि साच्चिकै अफ्ठ्यारो मापरेको मान्छे को बारेमा त्यो पनि खानै नपाउने स्थिति भएको उसको बारेमा थाहा नहुने कुरा पक्कै हुँदैन ।त्यसैले वडा कार्यालयले वडामा नै बसेर अहिले को युग अनुसारको प्रबिधी लाई प्रयोग गरेर ल केही भएन भने कृपया तपाइको वरिपरि छिमेकी मा तेस्तो अफ्ट्यारो मा परेको राज्यको तर्फबाट सहयोग गर्नुपर्ने नागरिक को बारेमा जानकारीको लागि अनुरोध गर्ने र हामी सचेत नागरिक हरु ले आफ्नो छिमेक वा टोल मा परेको समस्या लाई वडा कार्यालय लाई जानकारी गराएर सहयोग गर्ने र कार्यलयले साच्चिकै अफ्ट्यारो मापरेको नागरिक लाई उसको घर अथवा डेरा सम्म नै केही राहत को सामाग्री पुर्याइदिने व्यवस्था गर्ने अथवा यो भन्दा पनि अरु सजिला उपाए हरु पनि हुन सक्छन,त्यसको प्रयोग गर्ने ! नागरिक लाई सकेसम्म भिड्भाड नगराउने उपाए हरु अबलम्वन गर्नु पर्ने हुन्छ ।नत्र राहतको नाममा भुकम्प को बेलामा जस्तो लाजमर्दो बिकृती हरुलाइ हामीले हाम्रै कारणले भित्रीन दिनु हुँदैन ।

यो संसारले नसोचेको माहामारी हो ।यसलाइ हामीले त्यही अनुसारको व्यवहार गर्न सक्नु पर्दछ ! यो ख्याल ठट्टा को बिषय ,राजनीति गर्ने बिषय होइन । केही भोट हरुको लागि राहत बाड्ने बिषय पनि नभएकोले त्यही अनुसारको योजना र कार्यान्वयनको लागि स्थानीय सरकार को ध्यानाकर्षण गराउन चाहन्छु,जय होस ।

Ad

सम्बन्धित समाचारहरु

एमसीसी बारे भ्रम र यथार्थ

एमसीसी बारे भ्रम र यथार्थ

श्री विक्रम घिमिरे

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

'यस्ता सर्तहरुका कारण एमसीसी नेपालको लागि घातक छ'

एमसीसी भनिको के हो त ? भन्ने खुल्दुली सबैतिर रहेको छ। यो एमसीसी नेपाललाई दिने भनिको अमेरिकी अनुदान वा सहयोग रकम पचास करोड़ डलर हो ।  millennium challenge corporation अमेरिकन च्यालेन्ज कारपोरेशनका नाममा नेपाललाई करीब ५६ अर्व रुपैयाँ करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको देखिएको छ । यो रकम लाई बिद्युत प्रसारण लाईन र सड़क स्तरउन्नतिमा लगाएर नेपाल लाई सम्रद्धितर्फ लान सकिने प्रशस्त सम्भावना छ । तर यसो नभई सवैलाई भाग लगाएर खाने खतरा नेपालमा देखिन्छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad