Namaste Icon
Ad
Ad

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि नेपाल बैंकले सातै प्रदेशमा ५/५ लाख सहयोग दिने

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै नेपाल बैंक लिमिटेडले सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोनाको रोकथाम तथा नियन्त्रण कोषमा ५/५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेश सरकारको कोषमा ५÷५ लाखका दरले हुन आउने ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन । बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रकम आर्थिक सहयोग प्रदान गरेका थियो । योसँगै कोरोना भाइरस संक्रमण रोकथाममा बैंकको तर्फबाट कूल एक करोड ३५ लाख योगदान भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन ।

Ad

सम्बन्धित समाचारहरु

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

व्यवसायिक कर र घरवहाल कर छुट गर्न ललितपुर चेम्बरको माग

ललितपुर। विश्वव्यापी रुपमा आक्रान्त र भयावह रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९ ) को कारण नेपालमा समेत बढ्दै गएको संक्रमण र बन्दाबन्दीले गर्दा समस्त उद्योगी व्यवसायी लगायत आम सर्वसाधारणहरु ठूलो मर्कामा परेका छन्। महिनौं सम्म लम्बिँदै गएको लकडाउनका कारण आर्थिक चलायमान नहुँदा तरलतामा गम्भीरअसर्परिरहेको छ भने व्यवसायीहरुले आफ्ना मजदुरलाई पारिश्रमिक, बैंकलाई तिर्नुपर्ने ब्याज र किस्ता,घर तथा गोदाम भाडाको भुक्तानीका लागि जटिल समस्याको सिर्जना भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad