Namaste Icon
Ad
Ad

रुपन्देहीको सीमावर्ती महाराजगंजमा भेटिए ६ जना कोरोना सङ्क्रमित

रुपन्देहीको सीमावर्ती महाराजगंजमा भेटिए ६ जना कोरोना सङ्क्रमित

भैरहवा। रुपन्देहीको सीमावर्ती भारतको महाराजगंज जिल्लामा ६ जना कोरोना संक्रमित फेला परेको छन्। रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दुरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका हुन्। सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै नेपालमा पनि जोखिम बढेको छ।

कोल्हुई र पुरन्दपुर क्षेत्रमा शंकास्पद १७ जनाको परिक्षण गरिएको मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको महाराजगंज जिल्लाका डिएम (प्रमुख जिल्ला अधिकारी) उज्जवल कुमारले बताए। संक्रमितको परिवारलाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको पनि स्वास्थ्य परिक्षणको तयारी थालिएको उनले जानकारी दिए। उनका अनुसार संक्रमित फेला परेसँगै कोल्हई क्षेत्रको बडहरा इन्द्रदत्त, कम्हरिया बुजुर्ग र पुरन्दपुर क्षेत्रको विशुनपुर कुर्थिया र फुवरिया गाउँलाई सील गरी गाउँमा र गाउँदेखि ३ किमी क्षेत्रसम्म स्यानिटाइजिङ गर्ने काम भइरहेको छ।
संक्रमणको नियन्त्रण तथा रोकथामका लागि सर्वसाधरणहरुलाई ती गाउँहरुमा आवागमनमा रोक लगाइएको र आवश्यक सबै सावधानी अपनाइएको उनले बताए।

खुल्ला सीमा कारण संक्रमित फेला परेका क्षेत्रका सर्वसाधरणहरु सजिलै रुपमा नेपालमा आवतजावत गर्दछन्। र, मर्चवार क्षेत्रका सर्वसाधरणहरु पनि आवश्यक उपभोग्य वस्तुलगायत अन्य साम्रगी खरिदका लागि पनि कोल्हुई क्षेत्रमा जाने गर्दछन्। खुल्ला सीमाकारण आफुहरु विगतदेखि नै सजग रहेको र त्यस अनुसार नाकामा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) खड्ग बहादुर खत्रीले बताए। अन्नपुर्ण पोस्ट बाट

Ad

सम्बन्धित समाचारहरु

प्रहरीले घाँटीमा घुँडाले थिचेर युवकको हत्या गरेपछि...

प्रहरीले घाँटीमा घुँडाले थिचेर युवकको हत्या गरेपछि...

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाका प्रमुख शहरहरुमा प्रहरी दमनको बिरोधमा शनिबार विरोध प्रदर्शन तिब्र भएसँगै निषेधाज्ञा (कफ्र्यू लगाइएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई पनि बेवास्ता गरी सडकमा उत्रिएका थिए ।अशान्तिको केन्द्रबिन्दु बनेको मिनियापोलिसमा लगातार पाँचौं दिन हिं’सा फैलिएको छ । भीड नियन्त्रण गर्न खटाइएका दङ्गा प्रहरीले अश्रुग्यास र हवाई फायर गरेका थिए । गत सोमबार एक निहत्था अश्वेत व्यक्तिमाथि गोरा प्रहरीले अ’मानवीय ढङ्गबाट हत्या गरेको भन्दै हिंसा भड्किएको हो ।

क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई कण्डम उपहार !

क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई कण्डम उपहार !

काठमाडौँ । कामका लागि विभिन्न ठाउँमा गएका मजदुरहरु कोरोना भाइरसका कारण धमाधम गाउँघर फर्किँदैछन् । तर भाइरस संक्रमणको जोखिमका कारण टाढा टाढाबाट फर्किएका मानिसहरुलाई क्वारेन्टाइनमा बसालेर मात्रै गाउँघरमा छिराउने गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad