Namaste Icon
Ad
Ad

'भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला' - मन्त्री भट्टराई

'भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला' - मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विपद र संकटको समय कुनै आम चुनावको प्रचार अभियान नभएको स्पष्ट पारेका छन् । शनिबार सामाजिक संजालमार्फत आफ्ना धारणा व्यक्त गर्दै मन्त्री भट्टराईले एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहुन आग्रह गरेका हुन् ।

कोभिड १९ को संक्रमण नेपालमा पनि बढ्दै जाँदा उनले पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर नबनाउन सबैलाई आग्रह गरेका छन् । साथै स्वास्थ्य सामग्री खरिद प्रकरणमा आफूमाथि लागेको आरोप प्रति इंगित गर्दै भट्टराईले आफ्नो नियतमा कुनै खोट नभएको र असल कार्य गर्ने सिलसिलामा भुलबस कुनै गल्ती भएको भए सहुँला बुझाउँला भनेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

राजपाले  नेपालको नक्सालाई बैधानिकता दिने संविधान संशोधनको पक्षमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ । तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म त्यो संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad