Namaste Icon
Ad
Ad

ललितपुर महानगरले स्थापना गर्यो पाँच करोडको राहत कोष

ललितपुर महानगरले स्थापना गर्यो पाँच करोडको राहत कोष

ललितपुर । ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस (कोभिड —१९) राहत कोष स्थापना गरेको छ । महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन उक्त समितिको संयोजक छन् ।

उक्त कोषबाट नै कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउने महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले ललितपुर महानगरपालिकालमा लकडाउनका कारण कोही भोकै पर्न नहुने बताए । वडा वडामा प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको थियो । यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपाल सरकारले गरेको लडडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् ।

Ad

सम्बन्धित समाचारहरु

दशकपछि श्रीमतीलाई प्रेम पत्र

दशकपछि श्रीमतीलाई प्रेम पत्र

प्रिय जीवन साथी,                              मैले तिमीलाई आज वैवाहिक जिवनको एक दशकपछि पहिलो पटक प्रेम पत्र लेख्ने दुस्प्रयास गरेकोछु । आशा छ, यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं । हिमाल जस्ता सेतासेता कापीका पानाहरुमा कश्मीर रूपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांसमा शब्दका पुष्पगुच्छा रुपि माला गाँस्ने प्रयासरत छु । मेरो जिवनका हरेक सपना, चाहाना, खुशी सबै– सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रागरी आत्मीयता र सामिप्यता गाँस्दै गाँस्दै हाँसो आँसु उकाली ओराली जीवन संर्घषको उत्कर्षमा छु म, तिमी पनि छौं, वा हामी छौं । लामो स्वास फेर्न मन लाग्यो उफ ! अरु अरुले कुरागरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे ! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि, मैले त्यो सधै महशुस गर्छु ।

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad