Namaste Icon
Ad
Ad

२४ लाख घरमा लुकाएर ५ किलो चामल राहत लिन जाँदा आगलागीले सखाप

२४ लाख घरमा लुकाएर ५ किलो चामल राहत लिन जाँदा आगलागीले सखाप

काठमाडौँ । झापाको कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको यही घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो ।

तर, राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उनको झुपडीमा मानिसहरुको भिड जम्मा भइसकेको थियो । दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो । दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला परे ।

झापाका वन क्षेत्र चोरी, तस्करीका कारण पनि चर्चामा आउने गर्छन् । झन् बनकै छेउमा अपत्यारिलो व्यक्तिको घरमा ठूलो परिणाममा रकम भेटिएपछि प्रहरी पनि झस्कियो । नगरवासी आश्चर्यमा परे । इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको गरी ठाकुरसिंह राईको झुपडीबाट ९ लाख रुपैयाँ बरामद भएको थियो । ‘अहिलेको समयको चल्ने नोट चाहिँ ९ लाख हो, अरु जलेका छन्’, उनले भने, ‘नम्बर चाहिँ देखिने भएकाले ती नोट पनि चल्छन् भन्ने हिसाबमा जम्मा १५ लाख हुन सक्ने अनुमान गरेका हौं ।’ त्यसो त राईले घरमा २४ लाख रुपैयाँ रहेको दाबी गरेका छन् ।अनलाईनखबर डट कममा गौरव पोखरेलले यो खबर लेखेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण - तयारीमै ६७ करोडभन्दा बढी रकम खर्च

दिपेन्द्र जयसवाल,बारा। बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुअघि तयारी कार्यका लागि ६७ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । विमानस्थलको चार किल्ला घेर्न ५४ किलोमिटर लम्बाइ तारबार गर्दा ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्त्यष्टिपछि कोरोना पुष्टि

कैलालीमा कोरोना भाईरसका कारण मृत्यु भएकी महिलाको पिसीआर रिपोर्ट आउनुपूर्व नै आफन्तलाई शव बुझाइएको र उनको अन्तेष्टि भई सकेपछि संक्रमण पुष्टि भएको खुलेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad