Namaste Icon
Ad
Ad

कोरोना संकट र सावधानीका लागि केही कुरा -चेतनाथ सञ्जेल

कोरोना संकट र सावधानीका लागि केही कुरा -चेतनाथ सञ्जेल
चेतनाथ सञ्जेल, बागमती प्रदेशसभा सांसद

आदारणीय आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु ।

केही महिनादेखि चीनबाट सुरु भई विश्वभरी नै महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९) ले गर्दा हामी नेपालीहरु पनि यतिबेला त्रासको भुमरीमा छौं ।आजसम्म आइपुग्दा यस महामारीबाट लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् भने ७० हजारको हाराहारीमा ज्यान गईसकेको अवस्था छ ।यस परिस्थितिमा नेपालमा समेत देखा परेको छ र संक्रमितहरु बढ्दै गईरहेका छन् ।यस महामारीबाट सचेत र सजक हुँदै जुनजुन देशले छिटै नै सावधानीपूर्वक लकडाउन गरी सरकार र जनता अनुशासित भए, त्यस्ता देशमा संक्रमित र मृत्यु हुनेको संख्या कमी छ । यसै परिस्थितिलाई मध्यनजर गर्दै संक्रमण हुनबाट बचाउनका लागि नेपाल सरकारले पनि यही चैत्र ११ गतेदेखि सिंगो देशलाई पूर्णरुपमा लकडाउन गरेको कुरा सबैलाई जानकारी नै छ। सबै नेपालीले यसलाई अनुशासित रुपमा स्वीकारेका छन् भन्ने मलाई लाग्छ । किनकि यो तपाईं हाम्रै स्वास्थ्य सुरक्षाको लागि हो । देशमा संक्रमितको संख्या थपिंदै गएको अवस्थामा अझै पनि लकडाउनको समय थप गर्नुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा हामी सबैले घरभित्रै बसेर सुरक्षाका उपायहरु अपनाउन सकिएन भने यसबाट हामी र हाम्रो देशले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ । अहिले काम गर्ने मजदुर, उद्योग संचालन गर्ने उद्योगपति,व्यापी ,किसान सबै यो समस्याबाट गुज्रिरहेका छौं ।लकडाउन लम्बिँदै जाँदा मजदुर , कोठा भाडामा बस्ने,दैनिक रुपमा ज्याला मजदुरी गरेर जीविका चलाउने मजदुर, किसान जस्ता मानिसहरुमा यसले व्यापक समस्याको सिर्जना त गरेकै छ । यद्यपि हालको विषम परिस्थितिमा ज्यान रहे सबै हुन्छ भन्ने धारणाका साथ आफ्नो ख्याल गरेर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । यो अवस्थामा हामी लगायत सबै राजनीतिक दल एबम सबै तहका जनप्रतिनिधिहरु एकताबद्ध भई समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा एकै थलोमा बसेर छलफल अगाडी बढाउनसमेत आवश्यक छ । चाहे स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीका सेवा सुविधा र कार्यलाई व्यवस्थित बनाउने सन्दर्भमा होस् वा राहत वितरणको सन्दर्भमा होस्, हामी सबै मिलेर कुनै स्वार्थ, राजनीतिक आग्रह र पूर्वाग्रहबिना यस विषम परिस्थितिको समाधान गर्नमा लाग्नुको विकल्प छैन । यस्तो दुखद घडीमा पनि बिरामी तथा संक्रमित हरुको सेवामा खटिएका स्वास्थ्यकर्मी,आफ्नो घरपरिवार, स्वास्थ्य र दिनरात नभनी सुरक्षामा खटिएका सुरक्षाकर्मी साथीहरु सबैभन्दा अग्रभागमा हुनुहुन्छ ।

यस्ता महान सेवकहरुलाई हामी सबैले उच्च मनोबलका साथ सेवामा समर्पित हुनका लागि उत्प्रेरित गर्नु पर्दछ ।सबैले नेपाल सरकार, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी सबैले भनेका विषयवस्तु हाम्रै लागि हो भनेर अनुशासनका साथ पालना गर्ने गराउने कुरामा सहयोग गर्नु पर्दछ । साथै यस्तो विकराल अवस्थामा पनि हाम्रा कतिपय छोराछोरी, बुबाआमा,वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा विभिन्न देशमा यस्तै अवस्थाको लकडाउन, त्रास र सङ्क्रमणको सामना गरिरहेका छन् । यसैले नेपाल वा विदेश जहाँ रहे तापनि यो बेला सकेसम्म सेल्फ क्वारेन्टाइनमै बसेर, आफ्नो स्वास्थ्यको ख्याल गर्दै समय समयमा साबुन पानीले हात धुने, मास्क, सेनिटाईजर लगायतका उपकरणको प्रयोग गरेर सावधानी अपनाउने तथा आवश्यकता अनुसार स्वास्थ्य कर्मीको सल्लाहअनुसार अगाडी बढ्नु हामी सबैको लागि श्रेयस्कर हुनेछ ।

म आफू ललितपूर निर्वाचन क्षेत्र नं १ (ख) बाट बागमती प्रदेशको प्रदेशसभामा प्रतिनिधित्त्व गर्ने एक प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि भएको कारणले गर्दा आफ्नो निर्वाचन क्षेत्रभित्रको विषयमा पनि यहाँ केही कुराहरु राख्न उचित ठान्दछु ।

हाम्रो क्षेत्र शहर,काँठ र पहाड सबै भूगोलमा विभाजित छ । जागिर,व्यापार,अध्ययन वा अन्य विविध सिलसिलामा दक्षिण ललितपुरका अधिकांश व्यक्त्तिहरु गाउँ छोडेर सहरका विभिन्न ठाउँहरुमा पनि बसिराखेका छौं । पहिले कोठाभाडामा बसेर मेहनतका साथ् काम गर्दै उपत्यकाभित्र पनि केही जग्गाजमिन जोडेर, घर घडेरीको बन्दोबस्त गर्दै आएका यहाँका वासिन्दाहरु यतिबेला संसारमा महामारी फ़ैलाईरहेको कोरोना भाईरसले गर्दा लकडाउन सुरु भैसके पछि सबै पेसा, व्यवसाय र अध्ययनलाई छोडेर आ आफ्नै गाउँ फर्किएको अवस्था छ । यद्यपि महामारी जस्तो कुरोले गाउँलाई जोगाउने र गाउँमा नआउने भनें कुरो चाहिँ होइन । विदेशमा रहेका केही दाजुभाई तथा दिदीबहिनीहरु समेत यत्रिबेला फर्किएर गाउँ आएको अवस्था छ ।तर पछिल्लो समय दक्षिण ललितपुरका विभिन्न गाउँमा बढ्दै गएको विस्थापन र बसाईंसराईको मामलामा भने यसले सकारात्मक सन्देश प्रवाह गरेकोजस्तो मैले अनुभव गरिरहेको छु । कृषि व्यवसाय लगायत अन्य विभिन्न सम्भावनाहरु गाउँमा छन् । यो अवस्थामा हाम्रो पहाडमा रहेको डाँडाकाँडा तथा वस्ती, खेतबारीहरुमा धेरै दिदीबहिनी तथा दाजुभाईहरु पुगेका छन् । यस्तो महामारीको समयमा हामी गाउँमा सबै एकै ठाउँमा जम्मा भएर रमाईलो गर्ने भन्दा पनि परिवार परिवार मात्र बस्ने, वर्षौंदेखि खेती गर्न नपाएका उब्जाउयोग्य जमिनमा अन्नबाली,तरकारी, फलफुल, चिया तथा कफी खेती विस्तार गर्दै उत्पादनतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहान्छु । उत्पादित सामाग्रीहरुको विक्रीवितरण र बजार व्यवस्थापनको लागि म आफ्नो ठाउँबाट सक्दो कोसिस र पहल गर्नका साथै उचित बजेट व्यवस्थापन सहित लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु । उहाँहरुलाई सरकारको आग्रह र सल्लाह बमोजिम स्वास्थ्य परीक्षण गराई अनुशासितपूर्वक सेल्फ क्वारेन्टाइनमा बस्नको लागि पनि आग्रह गर्न चाहान्छु । यदि कुनै समस्या भएमा स्वास्थ्यकर्मी तथा हामीजस्ता जनप्रतिनिधि साथै स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गर्दछु । हामी दिनरात नभनी यहाँहरुको सेवामा हरदम तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

यस्तै सम्भावित समस्या तथा विपदलाई दृष्टिगत गर्दै हाम्रो निर्वाचन क्षेत्रभित्र स्वास्थ्य सेवामा विभिन्न सेवासुविधा तथा योजनाहरु हामीले ल्याएका छौं ।मैले निर्वाचन प्रचारको समयमा घोषणापत्रमै उल्लेख गरेको एक गाउँपालिका एक अस्पताल योजनालाई सफल बनाउनकै लागि बागमती प्रदेश सरकारको सहयोगमा बागमती गाउँपालिका ४, प्युटारमा अस्पताल निर्माणको काम भईरहेको छ । यसैगरी गाउँपालिका स्वास्थ्य सेवाको लागि भट्टेडांडा स्वास्थ्य केन्द्रमा एक्स रे, इसिजी, ल्याब, अक्सिजन सेवा सहित आवश्यक स्वास्थ्यकर्मीहरुको पनि व्यवस्था गरेका छौं । गोदावरी नगरपालिकाको हकमा बज्रबाराही सामुदायिक अस्पतालमा सेवा विस्तार तथा व्यवस्थापन सहित काम भईरहेको छ । यसै अस्पतालमा अहिले कोरोना सनक्रमितहरुका लागि १५ शैय्याको आइसोलेसनको समेत निर्माण भएको जानकारी गराउन चाहान्छु । आगामी दिनहरुमा पनि थप सेवा सुविधा सहित योजनाहरु निर्माण तथा कार्यान्वयन गर्नमा तत्पर रहने नै छौं ।

अन्त्यमा, विश्वव्यापी स्वास्थ्य संकटको यस घडीमा उच्च मनोबलका साथअनुशासनमा रहँदै लकडाउनको पूर्ण पालना गर्न र आफ्नो दैनिकी निर्वाह गर्नका लागि सबैमा आग्रह गर्दछु, धन्यवाद !

Ad

सम्बन्धित समाचारहरु

बैठकभत्ता राज्यकोषमा जम्मा गर्ने नारायणकाजी श्रेष्ठको घोषणा

काठमाडौँ। राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता आफूले नलिई राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका छन्।

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad