Namaste Icon
Ad
Ad

हृदयघातबाट वडा सदस्यको निधन

हृदयघातबाट वडा सदस्यको निधन

सन्तोष दाहाल,मकवानपुर। इन्द्रसरोवर गाउँपालिका वडा नं ३ का वडा सदस्य शेरबहादुर वाइवाको निधन भएको छ । शनिबार कोरोना संक्रमण सम्बन्धी वडाको विपद व्यवस्थापन बैठकमा सहभागी भएका वाइवाको आइतबार बिहान ८ बजे हृदयघातका कारण निधन भएको इन्द्रसरोबर गाउँपालिकाका प्रमुख जीवन लामाले दर्पण दैनिकलाई जानकारी दिएका छन् ।

५५ वर्षीय वाइवाका श्रीमती,३ छोरा, ३ छोरी, २ नाति र २ नातिनीहरु रहेका छन् । उनको सोमबार बौद्ध धर्मसंस्कार अनुसार अन्त्यष्टि गरिएको छ । अन्त्यष्टि अघि पालिका अध्यक्ष जीवन लामाले राष्ट्रिय झण्डा ओढाएका थिए । गत २०७४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेको तर्फबाट वडा नं ३ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण - तयारीमै ६७ करोडभन्दा बढी रकम खर्च

दिपेन्द्र जयसवाल,बारा। बाराको निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुअघि तयारी कार्यका लागि ६७ करोडभन्दा बढी रकम खर्च भइसकेको छ । विमानस्थलको चार किल्ला घेर्न ५४ किलोमिटर लम्बाइ तारबार गर्दा ४ करोड ४३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाइयो, अन्त्यष्टिपछि कोरोना पुष्टि

कैलालीमा कोरोना भाईरसका कारण मृत्यु भएकी महिलाको पिसीआर रिपोर्ट आउनुपूर्व नै आफन्तलाई शव बुझाइएको र उनको अन्तेष्टि भई सकेपछि संक्रमण पुष्टि भएको खुलेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad