Namaste Icon
Ad
Ad

लकडाउन वैशाख ३ सम्म लम्बियो

लकडाउन वैशाख ३ सम्म लम्बियो

काठमाडौं । कोरोना महामारीको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार अपराह्न सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो ।

साथै, कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।

Ad

सम्बन्धित समाचारहरु

'ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिऔं' सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्रकुमार पाण्डेले सरकारलाई ऋण लिएर घ्यु खानुपर्ने अवस्था आउन नदिन आग्रह गरेका छन । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७ ७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त आग्रह गरेका हुन । उनले सरकारले लक्ष्य धेरै लिएको तर कोरोना महामारीका कारण यसमा भएका लक्ष्य पूरा हुन चुनौती रहेको पनि बताए ।

राजपाले  नेपालको नक्सालाई बैधानिकता दिने संविधान संशोधनको पक्षमा मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । सो पार्टीको शनिवार बसेको संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधि सभामा प्रस्ताव दर्ता गराएको छ । तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म त्यो संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तालाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad