Namaste Icon
Ad
Ad

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त

महाप्रसाद अधिकारी राष्ट्र बैंकको १७ औं गभर्नर नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत छन् । गभर्नर छनौटका लागि अर्थमन्त्री डा। युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समितिले गभर्नरमा तीनजनाको नाम सिफारिश गरेको थियो।

तत्कालीन गभर्नर डा। चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त थियो।

Ad

सम्बन्धित समाचारहरु

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

लकडाउनको मोडालिटी तत्काल परिवर्तन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघले लकडाउनको मोडालिटी तत्कालै परिर्वतन गर्न माग गरेको छ । महासंघले शुक्रबार पैस विज्ञप्ती जारी गर्दै लकडाउनको मोडालिटी परिर्वतन गरी पसल व्यवसायहरु खुलाउन माग गरेको हो ।

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad