Namaste Icon
Ad
Ad

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भिड

बझाङ । जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक मेला चैतली मेलामा तल्लो छबिस र मल्लो छबिस बिच बिवाद हुदा १२ जना घाईतेभएका छन् । आईतबार सांझ करिब ६ बजेको समयमा दुबै पक्ष बिच ढुंगा हानाहान हुदां १२ जना घाईते भएको त्यहाँका स्थानीयले बताएका छन् । यस अघि छबिस पाथिभेरा गाउपालीका उपाअध्यक्ष राधिका रतालाले छबिस पाथिभेरामा कुनै मेला आयोजना नगरिएको जनाएपनी अहिले करिब २ हजार भन्दा बढी मेलमा उपस्थिती रहेको थियो ।

बान्नीकी चैतलीमा स्थानिहरुबिच भकुण्डो खेल्ने मस्टा देवताको लागी काकर चढाउने प्रचलन रहेको छ । सरकारले कोरोना भाईरसका कारण कुनै मेला तथा भिडभाड नगर्न निर्देशन दिएपनी त्यसको पालन नभएको स्थानीयले बताए। बझाङ जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानियहरु को भिड नै लागेको छ । सरकारले यही चैत्र २५ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनी कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनाआबश्यक भिडभाड गर्न रोक लगाएको थियो तर यता छविस पाथिभेरा गाँउपालिका वडा नं ३ मा मनाइने बान्नीकी चैतलीमा भने स्थानियहरुको घुईचो नै लागेको छ ।

बिश्वमा हामारीको रुपममा फैलीएको कोरोना भाईरसबाट संक्रमणहुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो । तर छबिसपाथिभेरा गाँउपालिकाका स्थानियले भने लकडाउन लाई उलङ्घन गरी सयौको भिडभाडमा आज बान्नीकी चैतली मेला मनाएका हुन् ।

यस बिषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाँउपालिकाले यसपालिको चैतली मेलामा भिडभमड गरी मनाउन रोक लगाउँदा पनी स्थानियले अटेरी गरेर मेलामा गएको बताईन ।आफुहरुले गाँउपालिकाका बिभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भएपनी चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित भएको उनले बताईन ।

 

Ad

सम्बन्धित समाचारहरु

दशकपछि श्रीमतीलाई प्रेम पत्र

दशकपछि श्रीमतीलाई प्रेम पत्र

प्रिय जीवन साथी,                              मैले तिमीलाई आज वैवाहिक जिवनको एक दशकपछि पहिलो पटक प्रेम पत्र लेख्ने दुस्प्रयास गरेकोछु । आशा छ, यो प्रेम पत्र तिमीले पुरै पढ्नेछ्यौं । हिमाल जस्ता सेतासेता कापीका पानाहरुमा कश्मीर रूपी काला अक्षरहरु सजाउदै, नागवेली वाक्यांसमा शब्दका पुष्पगुच्छा रुपि माला गाँस्ने प्रयासरत छु । मेरो जिवनका हरेक सपना, चाहाना, खुशी सबै– सबै तिमीलाई समर्पणगरी जिन्दगीको यात्रामा सहयात्रागरी आत्मीयता र सामिप्यता गाँस्दै गाँस्दै हाँसो आँसु उकाली ओराली जीवन संर्घषको उत्कर्षमा छु म, तिमी पनि छौं, वा हामी छौं । लामो स्वास फेर्न मन लाग्यो उफ ! अरु अरुले कुरागरेको मैले सुनेको थिए, अनि पढेको थिए, श्रीमान र श्रीमती एउटा सिक्काका दुईटा पाटा हुन अरे ! अनि एउटा रथका दुईटा पाङ्ग्रा पनि, मैले त्यो सधै महशुस गर्छु ।

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

क्वारेन्टाइनबाट स्वास्थ्य जाँचबिना धमाधम घर पठाइयो

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो । कोरोना भाइरसको संक्रमण भएरनभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० किट अभाव भएपछि परीक्षण नगरिएको बताइएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर–४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad