Namaste Icon
Ad
Ad

लम्कीचुहा नगरपालिकाको राहत कोषमा एनएमबी बैंक लम्कीको ५० हजार आर्थिक सहयोग

लम्कीचुहा नगरपालिकाको राहत कोषमा एनएमबी बैंक लम्कीको ५० हजार आर्थिक सहयोग

गोविन्द बीसी,बौनिया । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको राहत तथा उद्दार कोषमा एमएमबी बैंक लम्कीले सहयोग गरेको छ । उक्त बैंकले बुधबार कैलालीको लम्कीचुहा नगरपालिकालाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा लम्कीचुहा नगरपालिकाको राहत कोषमा आर्थिक सहायता प्रदान गरिएको शाखा प्रवन्धक खेमराज उपाध्यायले जानकारी दिए ।

उनले विपन्न एवं दैनिक रूपमा ज्यालादारी गरि खाने नागरिकलाई खाद्यान्‍न प्रदान गर्न मद्दत पुगोस् भन्ने हेतुले नगरपालिकाको आर्थिक अवस्थालाई सहज गर्न बैंकले सहयोग गरेको बताए । एनएमबी बैंक लम्की शाखाले नगरपालिका प्रमुखको कार्यकक्षमै पुगेर बैंकका शाखा प्रबन्धक खेमराज उपाध्याय, बैंकमा कार्यरत कर्मचारी पुस्पराज जोशी र प्रकाशचन्द्र जोशीले लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईलाई चेकमार्फत रकम हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगले नगरपालिकालाई केही राहत पुग्ने बैंकले अपेक्षा गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

जोखिम र अप्ठ्यारो टार्न बिमा

जोखिम र अप्ठ्यारो टार्न बिमा

महेन्द्र घिमिरे। जीवन बिमाकाे ईतिहासलाई हेर्ने हाे भने १६ औं शताब्दीदेखि देखि शुरु भएकाे पाईन्छ । सन् १५८३ जुन महिनाकाे १८ तारिखका दिन पहिलाे जीवन बिमा गर्ने ब्यक्ति William Gibbons हुन् ।आजकाे समयमा मानिसले सुरक्षाका विभिन्न उपायहरु खाेजी गर्दै हिँडेको अवस्थामा विभिन्न घटना दुर्घटनाबाट मानिसकाे मृत्यु तथा भौतिक क्षति हुने कुरालाई ध्यानमा राखी बिमाकाे अबधारणालाई अधिक मात्रामा प्रयाेग गरिएकाे पाईन्छ ।

व्यवसायिक कर र घरवहाल कर छुट गर्न ललितपुर चेम्बरको माग

ललितपुर। विश्वव्यापी रुपमा आक्रान्त र भयावह रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९ ) को कारण नेपालमा समेत बढ्दै गएको संक्रमण र बन्दाबन्दीले गर्दा समस्त उद्योगी व्यवसायी लगायत आम सर्वसाधारणहरु ठूलो मर्कामा परेका छन्। महिनौं सम्म लम्बिँदै गएको लकडाउनका कारण आर्थिक चलायमान नहुँदा तरलतामा गम्भीरअसर्परिरहेको छ भने व्यवसायीहरुले आफ्ना मजदुरलाई पारिश्रमिक, बैंकलाई तिर्नुपर्ने ब्याज र किस्ता,घर तथा गोदाम भाडाको भुक्तानीका लागि जटिल समस्याको सिर्जना भएको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad