Namaste Icon
Ad
Ad

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट घरघरमै सामान

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्ने भएका छन् । लकडाउनको विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले दराजबाट सामान खरिदमा १० प्रतिशत छुट पाउने छन् ।

डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो । दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रुपमा बिनाझन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई सहयोग गरेको छ।

'सार्वजनिक खर्च र आम्दानी गर्दा विवेकशील मन प्रयोग गर्नुपर्छ'

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक खर्च व्यवस्थापनका विषयमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयसँग अन्तरक्रिया गरेको छ । सार्वजनिक खर्चलाई कसरी व्यवस्थित, पारदर्शि बनाउने र हालको अवस्थाका विषयमा भएको उक्त छलफलमा महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनाली, पुर्व महालेखा नियन्त्रक सुरेश प्रधान, पेफा सचिवालयका संयोजक रमेश प्रसाद शिवाकोटीसहित आर्थिक पत्रकारहरुको सहभागिता रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad