# भर्खरै
Namaste Icon
Ad
Ad

बर्दगोरियाको विपद व्यवस्थापन कोषमा मेरो माइक्रो फाइनान्सद्धारा सहयोग

बर्दगोरियाको विपद व्यवस्थापन कोषमा मेरो माइक्रो फाइनान्सद्धारा सहयोग

गोविन्द बीसी, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग गरिएको छ । शुुक्रबार गाउँपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना भएको राहतकोषमा वित्तीय संस्थाले आर्थिक सहयोग गरेको हो ।

कोरोना ९कोभिड(१९० को रोकथाम तथा न्यूनिकरणका लागि असाहय, दैनिक ज्यालादारी गरि खाने विपन्न सिमान्तकृत समुदाय तथा नागरिकलाई राहत कोषबाट सहयोग होस् भन्ने उद्देश्यले मेरो माइक्रोफाइनान्स लघुवित्तीय संस्था लिमिटेड बौनियाले सहयोग गरेको जनाएको छ ।

संस्थाले २५ हजार रुपैयाँको चेक रकम बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौरालाई हस्तान्तरण गरि सहयोग गरेका हुन् । वित्तीय संस्थाले गाउँपालिका अध्यक्षको कार्यकक्षमै उपस्थित भएर आर्थिक सहयोग गरेको बौनिया शाखा प्रमुख दिपेन्द्र बटालाले बताए ।

कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको पहलकदमीलाई थप सहायता पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको उनले बताए । गाउँपालिकाले गत चैत्र १९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार दैनिक ज्यालादारी गरिखाने अति विपन्न नागरिकलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम अन्तर्गत प्रकोप व्यवस्थापन कोषमा स्थापना गरि एकद्वार प्रणाली अनुसार राहत वितरण गर्ने जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

व्यवसायिक कर र घरवहाल कर छुट गर्न ललितपुर चेम्बरको माग

ललितपुर। विश्वव्यापी रुपमा आक्रान्त र भयावह रुपमा फैलिरहेको कोरोना भाईरस(कोभिड १९ ) को कारण नेपालमा समेत बढ्दै गएको संक्रमण र बन्दाबन्दीले गर्दा समस्त उद्योगी व्यवसायी लगायत आम सर्वसाधारणहरु ठूलो मर्कामा परेका छन्। महिनौं सम्म लम्बिँदै गएको लकडाउनका कारण आर्थिक चलायमान नहुँदा तरलतामा गम्भीरअसर्परिरहेको छ भने व्यवसायीहरुले आफ्ना मजदुरलाई पारिश्रमिक, बैंकलाई तिर्नुपर्ने ब्याज र किस्ता,घर तथा गोदाम भाडाको भुक्तानीका लागि जटिल समस्याको सिर्जना भएको छ।

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकद्वारा कलाकारहरुलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई सहयोग गरेको छ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad
Ad
Ad
Ad
Ad